२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनमा नविकरण र प्रतिनिधि नामदर्ता गर्ने भोली अन्तिम दिन

२०७३ मंसिर २७, सोमबार
नेफ्स्कूनमा नविकरण र प्रतिनिधि नामदर्ता गर्ने भोली अन्तिम दिन

nef2

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पौष १ र २ गते हुने २५ औं साधारण सभामा प्रतिनिधित्व गर्ने प्रतिनिधि नामदर्ता र नविकरण गर्ने समय मंसिर २८ (भोली) सम्म मात्र रहेको नेफ्स्कूनले जनाएको छ ।

हाल केन्द्रीय संघ र संघ अन्र्तगतका कार्यालय एवम् जिल्ला बचत संघ मार्फत तिब्र गतिमा नविकरण र प्रतिनिधि प्रतिनिधि नामदर्ताको काम भइरहेको छ ।

नेफ्स्कूनले संघमा आवद्ध संघ/संस्थालाई पायक पर्ने जिल्ला बचत संघ, फिल्ड कार्यालयबाट वा संघको केन्द्रीय कार्यालय नयाँ बानेश्वर मार्फत नविकरण र प्रतिनिधि नामदर्ता गरी संघको साधारण सभा व्यवस्थापनलाई थप सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

अभिलेख

लोकप्रिय