२२ कात्तिक २०८३, आईतवार

अडिटरको लापर्वाहीले सहकारीका सदस्यको लगानी घाटा र जोखिममा

२०७३ मंसिर २६, आईतवार
अडिटरको लापर्वाहीले सहकारीका सदस्यको लगानी घाटा र जोखिममा

hetauda– राकेश कुमार शर्मा
सहकारीमा अडिट गर्ने अडिटरले आफ्नो फाइदा, हित र स्वार्थ नहेरी सहकारीका सदस्यको फाइदा र हित हेर्नु पर्दछ । अडिटरको चरम लापर्वाहीले सहकारीका सदस्यको लगानी घाटा र जोखिममा परेका छन् ।

अडिटरले कार्यसमितिका पदाधिकारी र सल्लाहकारले भने बमोजिमको शिर्षकमा हिसाव मिलान गरेको विवरण देखाएर सहकारीको साधारणसभाको पुस्तिकामा ठिक छ, भनि प्रमाणित गर्ने र अडिटरले झुटो प्रतिवेदन तयार पार्ने जस्ता लापर्वाहीले सहकारी सदस्यको शेयरमा लगानी (रकम) र बचत जोखिममा परेका छन् । यस प्रकार सहकारीबाट सहकारीका शेयर सदस्यले घाटा व्यहोर्नु परेको र ठगिएका छन् । सहकारीमा अडिट गर्ने अडिटरको धेरै नै लापर्वाही भइरहेको छ । किनकी साधारण सभा पुस्तिकामा भएको हिसाब किताब मिलानको विवरण ठिक छ कि छैन भनि प्रमाणित गर्ने अडिटरले हो ।

सहकारीमा अडिट गर्ने अडिटरको धेरै नै लापर्वाही भइरहेको उदाहरण, प्रमाण र सबुत पनि म स“ग छ । सहकारीहरुको वार्षिक साधारण सभा पुस्तिकाको हिसाव किताव मिलान विवरणमा लापर्वाही र तलमाथि हुन गयो भने पूर्ण रुपले दोषी, जिम्मेवार र सजायको भागिदार अडिटर हुन जान्छ । जान्ने, बुझ्ने र सही अध्ययन गर्ने सदस्यहरु छन् भने अडिटरको प्रतिवेदन सही छ कि गलत छ सजिलै स“ग पत्ता लगाउन सक्दछन् । यदि अडिटरले सही हिसाव किताव मिलानको विवरण र सही प्रतिवेदन प्रस्तुत गर्ने हो भने सहकारीका सदस्यले जोखिम र घाटा व्यहोर्नु पर्दैन थियो होला । तर अडिटरले सही भूमिका निर्वाह नगरी आफ्नो पदको दुरुपयोग गरिरहेका छन् । सहकारीमा अडिट गर्ने अडिटरले इमान्दारीता पूर्वक अडिट गरिदिनु होला भनि सल्लाह र सुझाव दिन चाहान्छु ।

अनुसन्धान, अनुगमन र छानविन गर्ने निकाय के हेरेर बसिरहेका छन् ? बेफोकटमा तलब खानु र सेवा सुविधाहरु लिएर राज्यकोष ढुकुटी दुरुपयोग गर्नु अपराध हो । सहकारीहरुमा राजनीतिक हस्तक्षेप बढी छ । राजनीतिक हस्तक्षेपको आडमा सहकारीमा रकम हिनामिना र लापर्वाही धेरै भइरहेका छन् । गलत काम गर्नेहरुलाई आड र संरक्षण राजनीतिक दलका नेताले दिइ राखेका हुन्छन् । यसकारण अनुसन्धान र अनुगमन गर्ने निकायले पनि सहकारीमा अनुसन्धान गर्ने कार्य तीव्र रुपले अघि बढाउनु पर्दछ र सहकारीलाई धमाधम कारवाहीको दायराभित्र ल्याउनु पर्दछ ।

अभिलेख

लोकप्रिय