गैँडाकोट साकोस र स्वाभिमान साकोसबीच एकीकरण

नवलपरासी । गैँडाकोट १ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र गैँडाकोट २ मा रहेको गैँडाकोट बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
एकीकरण पश्चात् गैँडाकोट स्वाभिमान वचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट २ कायम गरिएको छ । शनिबार एक भब्य कार्यक्रमको बीच एकीकरण घोषणा गरिएको हो । कार्यक्रम सुरु गर्नु अघि पञ्चेबाजा र पञ्चकन्या सहित र्यालि निकालिएको थियो । र्याली साविक गैँडाकोट साकोस अघिबाट शिलन्यासचोक, विकास चोक, मिलन चोक, साविक स्वाभिमान साकोस परिसर हुँदै पुनः कार्यक्रम स्थलमा आइपुगेको थियो ।
एकीकरण पश्चात् संस्थाको पुँजी ४५ करोड ३० लाख पुगेको छ भने शेयर पुँजी ५ करोड १५ लाख पुगेको छ । बचत तर्फ ३५ करोड ६१ लाख पुगेको छ भने ऋण लगानी ३९ करोड ७२ लाख पुगेको छ । गैँडाकोट साकोस २०५० सालमा स्थापाना भएको थियो । त्यस्तै स्वाभिमान साकोस २०५३ सालमा स्थापना भएका थियो । संस्थाको सदस्य ५ हजार ८ सय ८२ जना पुगेको छ ।
संचालक समिती
अध्यक्ष : धन वहादुर पौडेल
वरीष्ठ : उपाध्यक्ष पोषण राज सुवेदी
उपाध्यक्ष : देवराज पौडेल
सचिव : कुल प्रसाद पाण्डे
कोषाध्यक्ष : शुरेन्द्र प्रसाद रेग्मी
सह-सचिव : बाबुराम खनाल
सदस्य : वेद प्रसाद गौडेल
सदस्य : धर्मानन्द शर्मा पौडेल
सदस्य : शान्ती सापकोटा
सदस्य : सकुन्तला तिवारी
सदस्य : प्रजापती सापकोटा
सदस्य : श्रीराम भट्टरार्इ
सदस्य : गोबर्धन ज्ञावाली
सदस्य : गीता कुमारी दाहाल
सदस्य : रोशन सापकोटा
सदस्य : लक्षमण कंडेल
सदस्य : खीमा कुमारी बस्याल
लेखा तथा सुपिरबेक्षण समीती
संयोजक : डा मती प्रसाद ढकाल
सदस्य : धु्व राम पौडेल
सदस्य : देवी पोख्रेल
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
