२२ कात्तिक २०८३, आईतवार

यि हुन् नेफ्स्कूनका दाबेदार अनुहार !

२०७३ मंसिर २४, शुक्रबार
यि हुन् नेफ्स्कूनका दाबेदार अनुहार !

nef1

काठमाडौं । नेफ्स्कूनको साधारणसभा नजिकिए सँगै चुनावी चहलपहल बढेको छ । साधारणसभा आउन एक साता मात्र बाँकी छ । अबको नेतृत्व कस्तो आउला ?, अध्यक्ष, उपाध्यक्ष, महासचिव को बन्ला ? यस्तै कुरा सहकारी अभियानमा सुन्ने गरिन्छ । केन्द्रिय संघ मध्ये नेफ्स्कून हरेक हिसाबले सक्षम मानिन्छ । नेफ्स्कूनको सञ्जाल बृहत छ । यहि कारणपनि सबैको ध्यान केन्द्रित छ ।

यि हुन् अध्यक्षका प्रत्यासी
हाल नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे छन् । घिमिरे नेफ्स्कूनमा निर्वाचित भएपछि धेरै राम्रा काम गरेको सहकारीकर्मीको भनाई छ । केही सहकारीकर्मीले घिमिरेलाई पुनः अध्यक्ष बन्नुपर्ने माग राखेका छन् । तर घिमिरे पुनः अध्यक्ष बन्ने पक्षमा छैन । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष डिबि बस्नेत प्रमुख दाबेदार हुन् । त्यस्तै महासचिब परितोष पौड्याल पनि अध्यक्षको दाबेदार हुन् । दुबै एमाले निटक सहकारीकर्मी मानिन्छ । उनीहरुको पार्टीको महत्वपूर्ण पदमा समेत रहेका छन् । दुबै आफ्नो अडानबाट पछि हट्ने पक्षमा छैन । जसकारण एमाले निकट सहकारीकर्मी र पार्टीले समेत कसलाई अघि सार्ने टुंगो लगाएको छैन । दुबै एमाले निकट भएका कारण अन्तत दुई मध्ये एक जना मात्र मैदानमा उत्रने छ । यसका लागि पार्टीलाई जसले रिजाउन सक्यो उसैले टिकट पाउने पक्का छ । यता नेपाली कांग्रेस निकट सहकार्मीले पनि तयारी गरेको छ । कांग्रेसले अध्यक्षमा चन्द्र ढकाललाई अघि सार्ने तयारी गरेको छ ।

यि हुन् उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदको दाबेदार
नेफ्स्कूनको उपाध्यक्षमा पनि धेरै जना दाबेदार देखिएको छ । वर्तमान कोषाध्यक्ष नानिबाबु बुढाथोकी, सञ्चालक दामोदर अधिकारी, संचालक कृष्ण पौडेल, दिपक थापा लगायतका तीन पदमा दाबेदार देखिएका छन् । त्यस्तै महिला उपाध्यक्षमा शान्ति अधिकारी र पार्वती खाँड दाबेदार हुन् । त्यस्तै दिपक पनेरु, उद्धब सापकोटा पनि पदाधिकारीको दाबेदार हुन् ।

अभिलेख

लोकप्रिय