२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनका सञ्चालक दिपक पनेरु एकीकरण अभियानमा

२०७३ मंसिर २४, शुक्रबार
नेफ्स्कूनका सञ्चालक दिपक पनेरु एकीकरण अभियानमा

coop

काठमाडौं । नेफ्स्कूनका सञ्चालक दिपक पनेरु सहकारी एकीकरण अभियानमा लागेका छन् ।

होस्टे हैंसे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका पनेरु यतिबेला सहकारी एकीकरणको अभियान लिएर दोलखा पुगेका छन् । तीन संस्थाका प्रतिनिधि सहित उनी दोलखा जिल्लामा भएको सहकारी एकीकरणको सफल अभ्यासलाई अध्ययन गर्न दोलखा पुगेका हुन् ।
होस्टे हैंसे साको, सुनौलो आयाम साको र शुभ श्री बाल कुमारी साकोस बीच एकीकरण गर्ने उद्देश्यका साथ दोलखा पुगेका हुन् । हाल यी तीन संस्था एकीकरणको प्रयासमा रहेको पनेरुले सहकारीखबरलाई बताए ।

‘तीन संस्था एकीकरण गर्ने उद्देश्यका साथ दोलखाको अभ्यास हेर्न दोलखा आएका छौं’, पनेरुले भने, ‘यहाँ भएको एकीकरणको अभ्यासलाई अनुशरण गर्ने हाम्रो टार्गेट हो ।’ एकीकरण मार्फत सहकारी सक्षम, बलियो बनाउनु आवश्यक रहेको उनले बताए ।

राजधानीका सहकारी देखिएको समस्या, अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नपनि एकीकरण आवश्यक रहेको उनले सहकारीखबरलाई बताए ।

अभिलेख

लोकप्रिय