२२ कात्तिक २०८३, आईतवार

यस्तो बन्यो विकू हाक्ने टिम !

२०७३ मंसिर २१, मङ्गलबार
यस्तो बन्यो विकू हाक्ने टिम !

vyccu-27th-agm

नवलपरासी । गैँडाकोट– ८ स्थित बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ साधारणसभाले केशवप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ ।

साधारणसभाले उपाध्यक्षमा त्रैलोक्यनाथ खरेल, सचिवमा गोविन्द रिमाल, कोषाध्यक्षमा कालीदास गौडेल र सहसचिवमा प्रेमप्रसाद सापकोटा निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले जानकारी दिए । त्यस्तै सदस्यमा इन्द्रराजज्योति पौडेल, हरिलाल सापकोटा, ओमप्रसाद सापकोटा, यमुनाथ आचार्य, चन्द्रदत्त जैसी, सङ्गीता अधिकारीलगायत रहेका छन् ।

करिब २७ हजार सदस्य रहेको बिकू बचतले पछिल्लो समयमा एसियाली ऋण महासङ्घको प्राविधिक सहयोग तथा नेपाल बचत तथा ऋण सहकारी संस्था लि (नेफस्कुन)द्वारा सञ्चालित उत्कृष्ट सेवा र सुरक्षाका लागि एसियालीस्तरको अन्तर्राष्ट्रिय ब्रान्ड प्राप्त गर्न सफल भएको छ । आव २०७२/७३ मा संस्थाको कुल पुँजी दुई अर्ब १० करोड पुगेको छ भने यस वर्षको सञ्चालन मुनाफा पाँच करोड ८३ लाख रहेको छ ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले बिकूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि कायम गरी यस क्षेत्रको गरिबी तथा विपन्न वर्गमा सहज वित्तीय पहुँच सुनिश्चित गरी गरिबी निवारणमा ठोस् योगदान पु¥याउने बताए । छब्बीस जना सदस्यबाट दैनिक पचास पैसा बचत गरी २०४८ सालमा स्थापना भएको ‘बिकू साकोस’ले यस क्षेत्रको सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

अभिलेख

लोकप्रिय