२२ कात्तिक २०८३, आईतवार

सहकारी विधेयकमाथि छलफल गर्न अर्थ उप–समितिको बैठक कुरिनटारमा

२०७३ मंसिर १९, आईतवार
सहकारी विधेयकमाथि छलफल गर्न अर्थ उप–समितिको बैठक कुरिनटारमा

coop_act

काठमाडौं । सहकारी विधेयकमाथि अध्ययन र छलफल गर्न गठित संसदको अर्थ उप–समिति बैठक कुरिनटारमा बस्ने भएको छ ।

बैठकका लागि उप–समितिमा रहेका सांसद र सहकरीकर्मी कुरिनटारमा भेला हुँदैछन् । राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सांसद केशव वडाल, वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, उपाध्यक्ष ओमदेवी मल्ल लगायत सहकरीकर्मी कुरिनटार प्रस्थान गरेका हुन् । आज र भोली छलफल गरि विधेयकलाई अन्तिम रुप दिईने बताईएको छ ।

केही दिन अघि संसदको अर्थ समितिले भरतमोहन अधिकारीको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । समितिमा केदार सन्जेल, गरिमा शाह, उदय शमशेर राणा, कमला पन्त, जगदीश नर्सिङ केसी, हरि ज्ञवाली, डा. सुबोध पोखरेल र गोपाल दहित सदस्य छन् ।

अभिलेख

लोकप्रिय