२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकको १३.५ प्रतिशत लाभाशं प्रस्ताव पारित

२०७३ मंसिर १८, शनिवार
सहकारी बैंकको १३.५ प्रतिशत लाभाशं प्रस्ताव पारित

13th-agm-coop-bankकाठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ नाफाबाट आफ्ना शेयर सदस्य सहकारी संघ संस्थालाई १३ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा अध्यक्ष रमेश पोखरेलले प्रगति प्रतिवेदन, प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ÷संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले स्थापित भएको बैंकमा हालसम्म ८ हजार ५ सय शेयर सदस्य, करिब ८० करोड शेयर रकम, १० अर्ब भन्दा बढी निक्षेप, साढे सात अर्व लगानी रहेको छ ।

अभिलेख

लोकप्रिय