सहकारी विधेयकलाई पारित गर्ने तयारी
भक्तपुर । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विगत चारवर्षदेखि थन्किएर रहेको सहकारी विधेयकलाई पारित गर्ने तयारी भइरहेको बताएका छन् ।
शनिबार भक्तपुरको बालकोटमा आयोजना भएको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा बोल्दै सहकारी ऐन अत्यावश्यक भएकाले ऐन ल्याउने तयारी भएको बताए ।
अब आउन लागेको सहकारी ऐन सहकारी सिद्धान्त, मूल्य र मान्यताविपरीत नआई सहकारीमैत्री रहने उनले प्रतिवद्वता व्यक्त गरे ।
देशको कुनाकुनामा सहकारी संस्थाले गरिबीको रेखामुनि रहेको जनतालाई पुँजी सङ्कलन र आर्थिक उन्नतिमा टेवा पुयाइरहेको चर्चा गर्दै मन्त्री थानीले भने– ‘देशको कुनाकुनामा सरकार पुग्न सकेको छैन तर सहकारी पुगेको छ, गाउँका बासिन्दाको गर्जो टार्ने, घर खर्च, छोराछारीको पढाइ खर्च, बिरामी खर्च टार्ने आमनागरिकको अभिन्न अङ्ग बनेको छ ।’
देशभर ३३ हजार सहकारी संस्था रहेको, त्यसमा ५३ लाख नागरिक सदस्य भएको, ६१ हजारलाई प्रत्यक्ष र १०औँ लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी दिइरहेको सहकारी संस्था अझ विश्वसनीय रुपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।
सहकारीमा बचत तथा ऋणमा सबैभन्दा बढी विकृति रहेको औँल्याउँदै उनले यसका लागि समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
