२२ कात्तिक २०८३, आईतवार

शिखर चुम्दै 'शिखर साकोस' !

२०७३ मंसिर ९, बिहिबार
शिखर चुम्दै 'शिखर साकोस' !

shikhar-sahakari-2

झापा । शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ७ झापाको छैठौं बाषिॅक साधारण सभा संस्थाका अध्यक्ष दिपेन्द्र राउतको अध्यक्षता तथा उप रजिस्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा हालै सम्पन्न भएको छ ।

संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट युवा ब्यबसायी सम्मानबाट नेपालका ख्याति प्राप्त हेयर स्टालिष्ट निल डेभिड कटुवाल सम्मानित भएका छन् । त्यसैगरी कालो हिरा भनेर चिनिने अलैचीलाई देशभरि प्रर्वद्धन गरेको भन्दै नेपाल अलैची ब्यबसायी महासंघका अध्यक्ष निर्मल भट्टराई र उनको परिवारलाई सम्मान समेत संस्गथाले गरेको छ ।

शिखर साकोसले स्थानीय स्तरमा उल्लेख्य कार्य गर्ने सहकारीकर्मी र ब्यबसायीहरूलाई सम्मान गर्दै आएको छ । ४४ जना स्थानीय युवा ब्यबसायीबाट ४४ हजार शेयर पूँजी बाट २०६७ सालबाट शुरुवात भएको यो संस्थामा हाल ३५ सय भन्दा बढी सदस्य र १ करोड ७५ लाख शेयर पूँजी भैसकेको छ ।

shikhar-sahakari

गतबर्ष जिल्ला सहकारी संघ झापाबाट उत्कृष्ट सहकारीबाट पुरस्किृत भएको थियो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको यस संस्थाको राजगढ र गरामनिमा सेवा केन्द्र बिस्तार गरेको छ । संस्थाले गुरु योजनाको रुपमा युवाले कृषि क्षेत्रलाई अपहेलना गरेको अवस्थामा युवालाई कृषि क्षेत्रमा आर्कसित गर्ने संचालनमा ल्याएको शिखर कृषि परियोजना झापा उत्कृष्ट रहेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । हालै संचालनमा आएको शिखर बजारले पनि स्थानीय स्तरमा उत्कृष्टता हासिल गरिसकेको उनको भनाई छ । सामुहिक लगानीमा शिखर सहकारी सफल भएको उनले बताए ।

अभिलेख

लोकप्रिय