२२ कात्तिक २०८३, आईतवार

विकू बचत उत्कृष्ट करदाता

२०७३ मंसिर ९, बिहिबार
विकू बचत उत्कृष्ट करदाता

vyccu-a

नवलपरासी । गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । पाचौं राष्ट्रिय कर दिवस–२०७३ को अवसरमा आन्तरिक राजश्व कार्यालय चितवनले सम्मान गरेको हो ।

उद्योग वाणिजय संघ नारायणगढको सभाहलमा आयोजित कार्यक्रममा ०७१/०७२ मा सवै भन्दा वढि कर दाखिला गर्ने विकूलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी विनोद सिंहले विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल सापकोटा र प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेललाई सो सम्मान पत्र प्रदान गरेको थियो ।

आन्तरिक राजश्व कार्यालय चितवनले विकूबाट आगामी दिनमा समेत निरन्तर उल्ल्ेखनिय योगदान रहने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिन्ह एक्सेस ब्राण्ड प्राप्त गर्न सफल विकूमा हाल २६ हजार वढि सेयर सदस्य रहेका छन भने करिब २ अर्ब १५ करोड सम्पती रहेको छ । २०४८ सालमा २६ जना सदस्यहरुबाट दैनिक ५० पैसाका दरले संकलन गरी विकूको स्थापना गरिएको थियो ।

अभिलेख

लोकप्रिय