२२ कात्तिक २०८३, आईतवार

उपासना महिला साकोसकाे १५ प्रतिशत लाभांश स्विकृत

२०७३ मंसिर ८, बुधबार
उपासना महिला साकोसकाे १५ प्रतिशत लाभांश स्विकृत

upasana

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था (उपासना महिला साकोस) ले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

संचालक समितिले सदस्यलाई १५ प्रतिशत लाभांश दिन प्रस्ताबलाई संस्थाको ७ औं साधारणसभाले स्विकृत गरेको हो । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिबेदन, लेखा समितिको लेखा परिक्षण प्रतिबेदन पास गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।

२९ जना सदस्यबाट ५ लाख सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल ३ हजार सदस्य पुगेको छ । संस्थाको सेयर पूँजी ७३ लाख ८ हजार रहेको छ । संस्थाले आर्थिक बर्ष २०७२ ०७३ मा ३ करोड २७ लाख निक्षेप संकलन गरी ४ करोड १० लाख लगानी गर्न सफल भएको थियो ।

अभिलेख

लोकप्रिय