२२ कात्तिक २०८३, आईतवार

सहकारी अभियन्ता कृष्ण पौडेललाई 'सहकारी सामाजिक उत्तरदायित्व'मा विद्यावारिधि

२०७३ मंसिर ४, शनिवार
सहकारी अभियन्ता कृष्ण पौडेललाई 'सहकारी सामाजिक उत्तरदायित्व'मा विद्यावारिधि

krishna poudelकाठमाडौं । सहकारी अभियन्ता कृष्ण पौडेलले सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । लामो समयदेखि सहकारी तथा सामाजिक अभियानमा क्रियाशिल पौडेल पांच वर्षदेखि विद्यावारिधिमा अध्ययनरत थिए । भारत राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट पौडेलले नेपालमा सहकारी व्यवसायको सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् ।

बाराको सिमरामा २०६५ मा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको स्थापनापछि पौडेल निरन्तर सहकारी अभियानमा क्रियाशिल छन् । स्थापनादेखि हालसम्म अध्यक्ष रहेका पौडेल अहिले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालकसमेत रहेका छन् । बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थापक अध्यक्षसमेत रहेका पौडेलले स्वदेश तथा विदेशमा सहकारी सामाजिक उत्तरदायित्वको सन्दर्भमा विभिन्न तहमा अध्ययन र अनुसन्धान गरेका छन् । पौडेलले मुलुकका विभिन्न नमूना जिल्ला र संस्थाहरु साथै अन्तरराष्ट्रिय तहमा जापान, दक्षिण कोरिया र थाइल्याण्डमा सहकारीको अध्ययन गरेका छन् ।

४३ वर्षीय पौडेल राजनीतिक, सामाजिक र आर्थिक विषयहरुमा कलम चलाउँछन् । राजनीतिक रुपमा नेकपा (एमाले) को जिल्लातहको क्रियाशिल कार्यकर्ताको रुपमा रहेका पौडेल लेखापरीक्षक र वित्तिय व्यवस्थापनविज्ञको रुपमासमेत क्रियाशिल छन् ।

अभिलेख

लोकप्रिय