सहकारी अभियन्ता कृष्ण पौडेललाई 'सहकारी सामाजिक उत्तरदायित्व'मा विद्यावारिधि
काठमाडौं । सहकारी अभियन्ता कृष्ण पौडेलले सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । लामो समयदेखि सहकारी तथा सामाजिक अभियानमा क्रियाशिल पौडेल पांच वर्षदेखि विद्यावारिधिमा अध्ययनरत थिए । भारत राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट पौडेलले नेपालमा सहकारी व्यवसायको सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् ।
बाराको सिमरामा २०६५ मा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको स्थापनापछि पौडेल निरन्तर सहकारी अभियानमा क्रियाशिल छन् । स्थापनादेखि हालसम्म अध्यक्ष रहेका पौडेल अहिले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालकसमेत रहेका छन् । बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थापक अध्यक्षसमेत रहेका पौडेलले स्वदेश तथा विदेशमा सहकारी सामाजिक उत्तरदायित्वको सन्दर्भमा विभिन्न तहमा अध्ययन र अनुसन्धान गरेका छन् । पौडेलले मुलुकका विभिन्न नमूना जिल्ला र संस्थाहरु साथै अन्तरराष्ट्रिय तहमा जापान, दक्षिण कोरिया र थाइल्याण्डमा सहकारीको अध्ययन गरेका छन् ।
४३ वर्षीय पौडेल राजनीतिक, सामाजिक र आर्थिक विषयहरुमा कलम चलाउँछन् । राजनीतिक रुपमा नेकपा (एमाले) को जिल्लातहको क्रियाशिल कार्यकर्ताको रुपमा रहेका पौडेल लेखापरीक्षक र वित्तिय व्यवस्थापनविज्ञको रुपमासमेत क्रियाशिल छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
