२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी बैंक उत्कृष्ठ करदाताबाट सम्मानित

२०७३ मंसिर १, बुधबार
राष्ट्रिय सहकारी बैंक उत्कृष्ठ करदाताबाट सम्मानित

coop-bank

काठमाडौं । देशभरका सहकारी मध्ये सबैभन्दा बढी राजस्व दाखिला गरेको भन्दै आन्तरिक राजश्व बिभागले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सम्मान गरेको छ ।

५ औं राष्ट्रिय कर दिवसको अबसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकलाई सम्मान गरेको हो । गत बर्ष पनि बैंक सम्मानित भएको थियो ।

३८ वटा शाखा मार्फत सदस्य संस्थाहरुलाई सेवा दिदै आएको बैंकमा ७७ करोड शेयर रकम, ११ अर्व निक्षेप र ७ अर्ब लगानी रहेको छ ।
आगामी ३ वर्षमा १५ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब शेयर रकम, ३० अर्ब निक्षेप र २५ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ ।

बैंकले सो अवधीमा १७ करोड लगानी कृषि, उत्पादन, प्रशोधन र सेवा क्षेत्रमा लगाउने योजना बनाएको छ ।

अभिलेख

लोकप्रिय