‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट श्रेष्ठ पुरस्कृत
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले स्थापना गरेको एक लाख राशिको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट यस वर्ष काठमाडौँ निवासी शङ्करमान श्रेष्ठ पुरस्कृत भएका छन् ।
स्वावलम्बन विकास केन्द्रका अध्यक्षसमेत रहेका श्रेष्ठलाई सहकारीको विकासमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको हो । उनलाई सो सहकारीको २०औँ साधारणसभाको अवसरमा आज राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले पुरस्कार प्रदान गरेका हुन् । त्यस्तै ५१ हजार राशिको प्रो मो युनुस सहारा पुरस्कारबाट सुन्दर दुलारी नगरपालिका–१ मोरङ निवासी ४७ वर्षीय दुर्गादेवी सुवेदी पुरस्कृत भएकी छिन् ।
सो अवसरमा उक्त सहकारीका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले आव २०७२/७३ मा सहकारीले १२ करोड ४४ लाख खुद नाफा गरेको जानकारी दिए । हालसम्म सो सहकारीको सेयर सदस्य सङ्ख्या एक लाख पाँच हजार पुगेको छ भने कुल बचत एक अर्ब ९२ करोड ७२ लाख रहेको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
