एक दशकपछि साझाको लेखापरिक्षण, सञ्चालक र कर्मचारीमा उत्साह

काठमाडौं । साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ ।
प्रकाशनले आव २०६२/६३ देखि २०७२/७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखा परीक्षण गर्न कर्मचारी खटाइएको छ । हालसम्म तीनवटा कार्यालयको लेखा परीक्षण सम्पन्न भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।
लेखा परीक्षण गर्दा कतिपय कर्मचारीबाट अनियमितता गरेको रकम संस्थाले लिनुपर्ने समेत देखिएको छ । एकातिर संस्था ऋणमा डुबेका कारण छ महिनादेखि तलब खान नपाएको भनिनु र कतिपय कार्यालयमा तलब खाएर पनि उल्टै संस्थाले रकम लिनुपर्ने हुनाले थप छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
“विगतका अनियमितताको छानबिनका लागि समिति गठन गरी काम भइरहेको छ,” शर्माले भने । गत साधारणसभामा छ महिनाभित्र लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता व्यवस्थापनले गरेको थियो । साझा प्रकाशन बचाउन सरकारले ऋण र अनुदान गरी ४० करोड दिने प्रतिबद्धता जनाएसँगै सञ्चालक समिति र कर्मचारीमा उत्साह थपिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
