२२ कात्तिक २०८३, आईतवार

सहकारी संस्थामा तरलता व्यवस्थापन कसरी गर्ने ?

२०७३ कात्तिक १९, शुक्रबार
सहकारी संस्थामा तरलता व्यवस्थापन कसरी गर्ने ?

तरलता घरेको अबस्थामा लगानीलाई नियन्त्रण गर्नुपर्ने हुन्छ र तरलताको वैकल्पिक व्यवस्था गर्नुपर्छ । अर्को कुरा तरलता बढी भएको अवस्थामा लगानीलाई जोड दिनुपर्छ

वित्तीय कारोवार गर्ने सहकारीको मुख्य चुनौती भcashनेको तरलता व्यवस्थापन हो । यदि तरलता व्यवस्थापन गर्न सकेन भने विश्वासको संकट पैदा हुन्छ । संस्थाको वित्तीय व्यवस्थान गर्ने नीतिमा ध्यान पुगेन भने हाम्रोसामु तरलतामा कमी आउन सक्छ । सकेसम्म भुक्तानी दिनुपर्ने खालका रकम संस्थामा नराख्ने तर तरलतामा निरन्तर ध्यान दिएर कारोबार गर्नुपर्ने हुन्छ । तरलता घरेको अबस्थामा लगानीलाई नियन्त्रण गर्नुपर्ने हुन्छ र तरलताको वैकल्पिक व्यवस्था गर्नुपर्छ । अर्को कुरा तरलता बढी भएको अवस्थामा लगानीलाई जोड दिनुपर्छ । त्यस्तै निक्षेप फिर्ता नीतिलाई परिर्वतन, ऋण क्षेत्र फराकिलो बनाउनु पर्छ ।

तरलता लगानी र तरलता सम्पत्तिलाई जोडेर बाँकी रकम बचत निक्षेपको १० प्रतिशत संस्थामा सधै भरी मौज्दात रहनुपर्छ । यदि भएन भने समस्या आउन सक्छ । संस्थामा वित्तीय बजार अनुसार बचतको व्याजदर निर्धारण हुन सकेन अर्थात् बजार भन्दा कम दर कायम भयो भने संस्थामा भित्रिने बचत बाहिर जान्छ । सदस्यहरुद्वारा बचत राख्न बाहिरी बैंकमा जाने र ऋण खान संस्थामा आउने हुँदा तरलताको अभाव सिर्जना हुन्छ । संस्थाले आफ्नो ऋण क्षमताभन्दा बढी ऋण लगानीको परिमाण तोकेमा वा ऋणको भाका एकमुष्ट लामो समयपछि तिर्ने प्रकारको ऋण नीति तय गरेमा पनि तरलताको अभाव पैदा हुन्छ । त्यस्तै बचतका उत्पादन तथा सेवा भएमा बचत भित्रिन नसकी अभाव सिर्जना हुन्छ ।

त्यस्तै ऋणको भाका नाघ्नु, ऋण नवीकरण नगर्नु, समयमा व्याज असुली नहुनु, स्थिर सम्पति लागतरहित कोषको अनुपातमा बढी हुनु र पल्र्सले आत्मसाथ गरेको प्रभावकारी वित्तीय संरचनामा ध्यान नदिदा पनि तरलताको अभाव हुने गरेको छ । तरलता व्यवस्थापनका लागि पल्र्स ले सही मार्गदर्शन गरेको छ ।

अभिलेख

लोकप्रिय