सहकारीमा अत्याधिक तरलता

काठमाडाैं । सहकारी क्षेत्रमा तरलता बढेकाे छ । सहकारीमा रहेको बचत रकम परिचालनका लागि ठोस कार्ययोजना नहुँदा तरलता बढेकाे हाे । बचत उत्पादनमुखी क्षेत्रमा लगाउने विषयमा सम्बन्धित निकायको ध्यान जान नसक्दा पछिल्लो समयमा सहकारीमा तरलता देखिएको सहकारीकर्मी बताउँछन् ।
सहकारी विभागको तथ्यांकअनुसार हाल सहकारीमा ८७ अर्ब रुपैँया तरलता रहेको छ । हाल मुलुकभर ३३ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् ।
सहकारी संस्थाहरुले करोडौँ रुपैँयाको कारोबार गर्ने भए पनि उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्न नसक्दा र सरकारले सहकारीमा भएको रकम परिचालन गर्ने ठोस कार्ययोजना बनाउन नसक्दा सहकारीमा तरलता वृद्धि भएको हो । सरकारले सहकारीमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने नीति ल्याए पनि सहकारीलाई कुन तरिकाबाट परिचालन गर्ने र सहकारीमा सञ्चित रकम ठूला परियोजनाहरुमा कसरी लगाउने भन्ने स्पष्ट योजना ल्याउन नसक्दा तरलताको समस्या देखिएको हो ।
पैसाको मात्रै कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु बढी हुँदा पनि तरलता वृद्धि हुँदै गएको सरोकारवालाहरुको तर्क छ । ग्रामीण क्षेत्रका अधिकांश सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र मुनाफा बाँटफाँट गर्ने तथा सञ्चालकहरुले चाहेको क्षेत्रमा मात्रै रकम परिचालन गर्ने अभ्यास देखिँदै आएको छ । सहकारी संस्थालाई स्वायत्त व्यवसायिक निकायका रुपमा हेरिएपनि पैसाको कारोबारमा मात्रै लक्षित हुँदा तरलता थुप्रिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
