२२ कात्तिक २०८३, आईतवार

सहकारीमा अत्याधिक तरलता

२०७३ कात्तिक १९, शुक्रबार
सहकारीमा अत्याधिक तरलता

cash

काठमाडाैं । सहकारी क्षेत्रमा तरलता बढेकाे छ । सहकारीमा रहेको बचत रकम परिचालनका लागि ठोस कार्ययोजना नहुँदा तरलता बढेकाे हाे । बचत उत्पादनमुखी क्षेत्रमा लगाउने विषयमा सम्बन्धित निकायको ध्यान जान नसक्दा पछिल्लो समयमा सहकारीमा तरलता देखिएको  सहकारीकर्मी बताउँछन् ।

सहकारी विभागको तथ्यांकअनुसार हाल सहकारीमा ८७ अर्ब रुपैँया तरलता रहेको छ । हाल मुलुकभर ३३ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् ।

सहकारी संस्थाहरुले करोडौँ रुपैँयाको कारोबार गर्ने भए पनि उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्न नसक्दा र सरकारले सहकारीमा भएको रकम परिचालन गर्ने ठोस कार्ययोजना बनाउन नसक्दा सहकारीमा तरलता वृद्धि भएको हो । सरकारले सहकारीमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने नीति ल्याए पनि सहकारीलाई कुन तरिकाबाट परिचालन गर्ने र सहकारीमा सञ्चित रकम ठूला परियोजनाहरुमा कसरी लगाउने भन्ने स्पष्ट योजना ल्याउन नसक्दा तरलताको समस्या देखिएको हो ।

पैसाको मात्रै कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु बढी हुँदा पनि तरलता वृद्धि हुँदै गएको सरोकारवालाहरुको तर्क छ । ग्रामीण क्षेत्रका अधिकांश सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र मुनाफा बाँटफाँट गर्ने तथा सञ्चालकहरुले चाहेको क्षेत्रमा मात्रै रकम परिचालन गर्ने अभ्यास देखिँदै आएको छ । सहकारी संस्थालाई स्वायत्त व्यवसायिक निकायका रुपमा हेरिएपनि पैसाको कारोबारमा मात्रै लक्षित हुँदा तरलता थुप्रिएको हो ।

अभिलेख

लोकप्रिय