२२ कात्तिक २०८३, आईतवार

कीर्तिपुण्य सहकारीकाे सातौंँ वार्षिक साधारणसभा

२०७३ कात्तिक ७, आईतवार
कीर्तिपुण्य सहकारीकाे सातौंँ वार्षिक साधारणसभा

 

काठमाडौँ । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्था आव २०७२/७३ मा ५६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सातौंँ वार्षिक साधारणसभामा विगतका आर्थिक वर्षमा झैं आव २०७२/७३ मा पनि संस्थाबाट प्रवाह भएको ऋणतर्फ कुनै पनि ऋणको भाखा ननाघेको र सम्पूर्ण ब्याज समयमै असुल भएको जानकारी दिइएको थियो ।
आव २०७१/७२ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० रहेकामा गत आवमा कुल सम्पत्ति तथा दायित्व ६ दशमलव ३७ प्रतिशतले वृद्धि भई एक करोड २६ लाख ४७ हजार पुगेको संस्थाका अध्यक्ष किरणराम रञ्जितकारले जानकारी दिए ।

अभिलेख

लोकप्रिय