२२ कात्तिक २०८३, आईतवार

सहकारीद्वारा एम्वुलेन्स सञ्चालन

२०७३ कात्तिक २, मङ्गलबार
सहकारीद्वारा एम्वुलेन्स सञ्चालन

ambulance

सिमरा । बाराको हरैया रामनगरस्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीय तहबाट करीब दश लाख रुपैयाँ संकलन गरी एम्वुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रमबीच एम्बुलेन्सको औपचारिक सञ्चालनमा ल्याउने कार्य गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै बारा क्षेत्र नं. ५ का सांसद एवम् एमाले केन्द्रीय सदस्य बलवीर चौधरीले समुदायले गरेको यो पुनित कार्यले सबैलाई प्रेरणा दिएको बताए ।

कार्यक्रममा बोल्दै सहकारी अभियन्ता कृष्ण पौडेलले सहकारी र समुदायले गरेको यो प्रयास सहकारी सामाजिक उत्तरदायित्वको एक नमूना र अनुकरणीय अभ्यास भएको बताए ।

स्थानीय किसानहरुबाट दैनिक १७ सय लीटर दुध संकलन र विक्री वितरण गर्दै आएको सहकारीले वार्षिक करीव तीन करोडको कारोवार गरिरहेको छ ।

अभिलेख

लोकप्रिय