कास्कूनको १४ औं स्थापना दिवस

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को १४ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा सहकारी तथा गरिबि निवारण मन्त्री ह्दयराम थानिले कास्कूनको मुखपत्र ‘कास्कून सन्देश’ र वेभसाइट www.kasccun.com को शुभारम्भ गरेका थिए । कार्यक्रममा मन्त्री थानिले सहकारी मैत्री ऐन आउने कुरामा विश्वस्त हुन सहकारीकर्मीहरुलाई आग्रह गरेका थिए । सहकारीको माध्यमबाट नै देशको सर्वाङ्गीण विकास गर्न सकिने बताउँदै त्यसका लागि सम्पूर्ण सहकारीकर्मी विकासको काममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यसैगरि विशेष अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद् केशव बडालले समाज परिवर्तनको पर्याय नै सहकारी भएको बताए । त्यसैगरि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबि उप्रेतीले स–साना पुँजीलाई जम्मा गरेर ठूला ठूला विकासका परियोजनाहरुमा लगानी गर्न सकिने एक मात्र माध्यम सहकारी भएको बताए । यस्तै कार्यक्रममा कास्कूनका अध्यक्ष केशव दंगालले काठमाडौंमा रहेका सबै बचत तथा ऋण सहकारीहरुको छाता संगठन कास्कूनले समग्र सहकारी क्षेत्रको हितमा काम गर्ने बताए । त्यसैगरि कास्कूनको वेभसाइट र कास्कून सन्देश निर्माण र प्रकाशनको जिम्मेबारी लिएको सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कार्यकारी प्रमुख प्रकाश थापाले वेभसाइट र कास्कून सन्देशकोबारेमा सदस्यहरुलाई जानकारी दिदै सूचना चौतारी सञ्चार सहकारी संस्थाले देशभरका सहकारीहरुसंग मिडिया हबकोरुपमा काम गरिरहेको बताएका थिए ।
निकट भविष्यमा काठमाडौ जिल्ला भरि स्थापित र संचालित ३००० भन्दा बढीको संख्यामा रहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुलाई यस छाता संगठनको पहुँच सम्म ल्याउने र बढी भन्दा बढी सदस्यता वितरण गर्ने योजना रहेको छ । सदस्य संस्थाहरुलाई सर्वसुलभ र सहज सेवा पुर्याउने नीति अनुरुप काठमाडौं कलंकीमा एक सदस्य सेवा केन्द्र र चावहिल–७, काठमाडौंमा रहेको संघको केन्द्रिय कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा क्षेत्रीय सदस्य सेवा केन्द्रहरु क्रमशः स्थापना र संचालन गर्ने नीति तथा योजना रहेको छ । हाल यस संघमा कुल ११ जना कर्मचारी कार्र्यरत रहेका छन् र कुल सम्पति लगभग २७ करोड रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
