नेपाल लायन सहकारीको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुबेर बहादुर राउत क्षत्रीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
उक्त सभामा अध्यक्ष राउतले आ.ब. २०७२/०७३ मा १०७३ सेयर सदस्य पुगेको जानकारी गराउँदै २०७३ भदौ मसान्तसम्म ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ सेयर पूँजी संकलन भइसकेको जानकारी दिए । त्यसैगरी निक्षेप संकलन २७ करोड ०८ लाख ९४ हजार पुगेको, कर्जा लगानी २९ करोड ११ लाख ५८ हजार गरेको जानकारी सभामा दिइएको थियो । त्यसैगरी संस्थाले खुद नाफा ४२ लाख ८८ हजार भएको जानकारी अध्यक्ष राउतले गराए ।
संस्थाले आ.ब. २०७२/०७३ को मुनाफाबाट संस्थाका सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताब सर्वसम्मतबाट पारित गरेको थियो । सभामा अध्यक्ष राउतले संस्थाको चौतर्फी विकासको लागि सदस्यहरुबाट पाएको सहयोग, कर्मचारीहरुको लगनशिलता एवं व्यवस्थापन पक्षको दक्षताले लक्ष्य प्राप्त गर्न सकेको भन्दै आगामी दिनमा सबैबाट यस्तै प्रकारको सहयोग र सदभाव प्राप्त भइरहने विश्वास व्यक्त गरे । सदस्यहरुलाई आगामी दिनमा अभ्m प्रतिफल दिन संस्था प्रतिबद्ध रहेको सभामा सदस्यहरुलाई जानकारी दिइएको थियो ।
संस्थासँग विभिन्न शिर्षक अन्तर्गत १ करोड ३० लाख ५० हजार रुपैयाँको कोष रहेको जानकारी दिइएको थियो । यसले पनि संस्थाको स्थिति सुदृढ र सबल रहेको कुरा कोषको व्यवस्थाले इंगित गरेको अध्यक्ष राउतले बताए ।
सभामा संस्थाका लेखा समितिका संयोजक देवराज सुबेदीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । उनले सेयर पूँजीमा उल्लेख्यरुपमा बृद्धि हुन नसके पनि बचतमा २९.५० प्रतिशतले, लगानीतर्फ २८.१६ प्रतिशतले बृद्धि भएको जानकारी गराए ।
प्रकाशित मिति : २०७३ असाेज १८
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
