२२ कात्तिक २०८३, आईतवार

दाङमा लेखापरिक्षण प्रतिबेदन एक रुपता बनाइने

२०७३ असोज १८, मङ्गलबार
दाङमा लेखापरिक्षण प्रतिबेदन एक रुपता बनाइने

audit-reportsघोराही । सहकारी संस्थाहरुको आर्थिक पक्षय ब्यवस्थित र पारर्दशि रुपमा प्रस्तुत गर्नको लागि सहकारीकर्मी र लेखापरिक्षक बिच सहकार्य हुनुपर्नेमा एक कार्यक्रममा सहभागि हरुले जोड लिएका छन् ।

डिभिजन सहकारी कार्यालय दाङको आयोजनामा शुक्रवार नेपाल पत्रकार महासंघ दाङको सभाहल घोराहीमा राप्ती अन्चलका सहकारीहरुको लेखापरिक्षण प्रतिबेदन ब्यवस्थित र एक रुपता कायम गारउने उद्धेश्यले लेखापरिक्षक र सहकारी कर्मिहरु बिच अन्तरक्रिया कार्यक्रम सम्मन भएको छ । कार्यक्रममा डिभिजन सहकारी कार्यालय दाङका अधिकृत बिनोद पौडेलले लेखापरिक्षणको अर्थ र आवश्यकता बिषयमा कार्यपत्र र राष्ट्रिय सहकारी बैंक लि दाङ शाखा प्रमुख नारायण बेल्वासेले प्रभावकारी लेखापरिक्षण प्रतिबेदनमा हुनै पर्ने बिषयहरुका बारेमा सहजिकरण गदै सहकारी ऐन, मापदण्ड, बिनियमा भएको ब्यवस्थाहरुको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रमले डिभिजन सहकारी कार्यालय दाङका अधिकृत बिनोद पौडेलको संयोजकत्वमा जिल्ला सहकारी संघ लि दाङका कोषाध्यक्ष किरण भण्डारी, राष्ट्रिय सहकारी बैंक लि दाङ शाखा प्रमुख नारायण बेल्वासे, अडिटर एसोसेसन दाङका अध्यक्ष रमेश केसी र चाटर एकाउन्टेन अजुन केसी समिलित लेखापरिक्षण प्रतिबेदन खाका निमाण समिति गठन गरेको छ उक्त समितिले तयार गरेको खाका अनुसार अगामी दिनमा लेखापरिक्षण प्रतिबेदन निमार्ण गर्न सबै सहमत भएका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बिकास वोर्ड नेपालका सदस्य सुक्रराज भण्डारी, जिल्ला सहकारी संघ दि दाङका अध्यक्ष गोबिन्द प्रसाद शर्मा, बचत तथा ऋण सहकारी संघ लि दाङका अध्यक्ष अन्जन कुमार पौडेल , अडिटर एसोसेसन दाङका अध्यक्ष रमेश केसी लगाएतले मन्त्वय राखेका थिए ।

अभिलेख

लोकप्रिय