२२ कात्तिक २०८३, आईतवार

रोयलको १९ औं साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

२०७३ असोज १६, आईतवार
रोयलको १९ औं साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

yoyal

काठमाडौं । बसुन्धरा स्थित रोयल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारणसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्टिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी विकास बोर्डका संचालक दिपक कोइराला, वरिष्ठ पत्रकार पुरुषोतम् दाहाल लगायतका अतिथि हरुको उपस्थित रहेको थियो ।

सभाले अध्यक्ष ढकालले प्रस्तुतत गरेको बार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक सुरेन्द्र राज खत्रिले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन सर्वसम्वतले पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७२/०७३को मुनाफाबाट सदस्यलाइ १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको छ । २०७० असोज देखि लघुवित्त कार्यक्रम शुरु गरेको यस संस्थाले यस असार मसान्त सम्ममा १४९ केन्द्रहरु मार्फत १९९४ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । चालु आवमा ३०० केन्द्र मार्फत ६ हजार सदस्यलाई सेवा विस्तार गर्ने योजना संस्थाले बनाएको अध्यक्ष ढकालले जानकारी दिए । यस सेवा मार्फत संस्थाले वित्तिय सेवा, लघुवित्त, बीमा, वित्तिय साक्षरता, सहकारी तथा लघुवित्त जनचेतना कार्यक्रम र विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको उनले बताए । साधारणसभाको अवसरमा १४९ केन्द्रहरु मध्ये उत्कृष्ठ ६ केन्द्रलाई पुरस्किृत गरिएको छ ।

यस आर्थिक वर्षमा २ करोड २८ लाख ३४ हजार ४ सय चुक्ता पूँजी रहेको यस संस्थाले चालु आर्थिक वर्षमा ४ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै २६ करोड ९ लाख ६६ हजार ९ सय ३० निक्षेप संकलन गरेकोमा चालु आर्थिक वर्षमा ३९ करोड २९ लाख संकलन गर्ने लक्ष्य सलिएको छ । यस आर्थिक वर्षमा संस्थाले २२ करोड १५ लाख ८९ हजार कर्जा लगानी गरेको थियो ।

सदस्य सेवा केन्दै विस्तार 

बसुन्धरामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले २०७२ असोज २८ देखि बुढानिलकण्ठमा सेवा केनद्र स्थापना गरि कारोबार गरिरहेको छ । सेवाकेनद्र विस्तारको क्रममा दक्षिणकालीको फरपिड, शंकरापुर नगरपालीका शाँखुबजार, तथा तारकेश्वर नगरपालीका जितपुर िफेदीमा सेवाकेन्द्र स्थापना गरी यही मंसिरदेखि कारोबार संचालन गर्ने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय