२२ कात्तिक २०८३, आईतवार

निलगिरि अस्पतालमा सहकारीको साढे २ करोड लगानी

२०७३ असोज १५, शनिवार
निलगिरि अस्पतालमा सहकारीको साढे २ करोड लगानी

sahakari-baglung

बागलुङ । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी बागलुङले आर्थिक बर्ष ०७२/७३ को अन्त्यसम्म २ करोड ४० लाख रुपैँया लगानी गरेको छ । सहकारीले शुक्रबार तेस्रो स्थापना दिवस तथा दोस्रो साधारणसभाका अवसरमा उक्त जानकारी गराएको हो ।

सहकारीले गत बर्ष २ करोड ४ लाख २० हजार ३ सय ६० रुपैँया आम्दानी र १ करोड ६३ लाख ८३ हजार ७ सय ३३ रुपैँया खर्च गरेको छ । संस्थाले ६ करोड ४३ लाख ७५ हजार बराबरको जग्गा खरिदको प्रस्ताव अगाडी सारेको सचिव रामबहादुर जिसीले जानकारी दिए ।
धौलागिरि अञ्चलवारीलाई स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र चेतनामुलक कार्यक्रम मार्फत स्वास्थ्यमा पहुच वृद्धि गर्ने लक्ष्यका साथ स्थापित सहकारीले सञ्चालन गरेको निलगिरि अस्पतालले विभिन्न भेगमा शिविर सञ्चालन गरी स्वास्थ्य सेवा र चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने आगामी दिनमा थप प्रभावकारी ढंगबाट सेवा प्रदान गर्दै जाने जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु नाफा मुलक भन्दा सेवा मुलक हुनुपर्ने बताए । उनले जिल्लामा फरक–फरक उद्देश्यका सहकारीहरु स्थापना भएतापनि बचत तथा ऋणकै कारोबार मात्र गर्ने गरेको भन्दै सहकारीहरु आफ्नो उद्देश्य अनुरुप संचालन गर्नको लागि अनुरोध गरे ।

दुर्गम क्षेत्रमा सहकारी मार्फत अस्पताल सञ्चालन गरेर जनतालाई विशेषज्ञ सेवा प्रदान गरी सहकारी र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा योगदान गरेको उनको भनाई थियो । कार्यक्रममा निलगिरि अस्पतालका मेडिकल डाइरेक्टर डा. गोविन्द जोशी गौतमले सहकारीले संचालन गरेको निलगिरि अस्पतालले गरेको कामहरुको बारेमा जानकारी गराएका थिए ।

२ जना विशेषज्ञ सहित ५ जना डाक्टर सहित ३८ जनालाई रोजगारी दिएको २४ शैयाको निलगिरि अस्पतालको शैया तथा सेवालाई विस्तार गर्दै जाने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७३ असाेज १५

अभिलेख

लोकप्रिय