२२ कात्तिक २०८३, आईतवार

सहकारी ऐनमा अभियानको भावना समेट्छु: सहकारी मन्त्री

२०७३ असोज १५, शनिवार
सहकारी ऐनमा अभियानको भावना समेट्छु: सहकारी मन्त्री

thani

सिमरा । सहकारी तथा गरीवी निवारण मन्त्री मा. हृदयराम थानीले प्रस्तावित सहकारी ऐनमा अभियानको भावना समेटेर पूर्णता दिने प्रतिवद्धता जनाएका छन् ।

सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा उदघाटन गर्दै मन्त्री थानीले सहकारी सुशासन र नियमनका लागि प्रभावकारी कानून ढिला भएको महशुश गर्दै आफुहरुले विधेयकको रुपमा प्रस्तुत गरेको बताए । सहकारी क्षेत्रभित्र देखिएका विकृति र जोखिमहरुलाई हल गर्ने थानीले बताए ।

‘सहकारी कानून अघि बढिरहँदा देशभर कार्यक्षेत्र राख्न पाउनुपर्ने, सञ्चालक नै व्यवस्थापक भएर आफनो तलव आफैै तोक्ने, बैंक वित्तिय संस्था सरह चलाउन पाउनुपर्ने मागहरु आएका छन्।’  उनले भने, ‘मागहरु सहकारी सिद्धान्त र मूल्यमान्यता अनुरुप छैन । अभियानले न्यायोचित माग गर्नुपर्यो ।’ करको सन्दर्भमा पनि आफुहरु गम्भिर भएको बताउँदै थानीले त्यसका सन्दर्भमा के गर्न सकिन्छ छलफल गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै हातेमालो साकोसका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी ऐनलाई अभियानमैत्री बनाउन विभिन्न सुझावहरु राखे । सहकारी सुशासन र नियमनका लागि संघहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने, करको दायरा घटाउनुपर्ने, एकीकरणलाई प्रवद्र्धन गर्न पौडेलले माग गरे । सहकारीहरु सामाजिक व्यवसाय भएकाले यसको योगदानलाई अंकमा मात्रै मापन गर्न नसकिने बताउदै पौडेलले यसको प्रवद्र्धन, विस्तार र नियमनबाट मात्रै राज्यले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।

प्रकाशित मिति: २०७३ असाेज १५

अभिलेख

लोकप्रिय