२२ कात्तिक २०८३, आईतवार

राजधानीमै खुल्यो संगठित महिला 'सहकारी उद्योग'

२०७३ असोज १४, शुक्रबार
राजधानीमै खुल्यो संगठित महिला 'सहकारी उद्योग'

mahila-sahakari

काठमाडौं । काठमाडौंको चाहाचल स्थित संगठित महिला फोहोर व्यवस्थापन सहकारीले ‘खाद्य प्रशोधन उद्योग’ संचालनमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रमकोबीच व्यवस्थापिका संसद्का सदस्य राज्यलक्ष्मी श्रेष्ठको हातबाट उद्योग संचालनमा ल्याएको हो । सो उद्योगबाट हाल जौ को सातु, चनाको सातु र सर्वोतम पिठो उत्पादन गरिएको छ । सहकारी विभागको ३ लाख अनुदान र सहकारीको ३ लाख लगानी गरी कुल ६ लाखको लागतमा उद्योग स्थापना गरिएको संस्थाका अध्यक्ष रश्मी अधिकारीले जानकारी दिईन । उद्योगबाट उत्पादित सामग्रीको विक्रि वितरणको लागि गुणस्तर विभागबाट अनुज्ञा पत्र लिनको लागि उत्पादीत सामग्री परिक्षणको क्रममा रहेको र केही दिनमै गुणस्तरको पत्र आउने बताईन । संस्थाले विशेष गरी गुणस्तर, तौल र मुल्यमा ध्यान दिएको बताईन ।sangathit-sahakari

कार्यक्रममा बोल्दै सांसद् राज्यलक्ष्मी श्रेष्ठले सहकारीमार्फत भएको यो काम उदाहरणीय भएको बताईन । सहकारी मार्फत देशलाई आर्थिक समृद्ध बनाउ उत्पादन मुलक क्षेत्र, उद्योग लगायतको क्षेत्रमा लगानी गर्नुपर्ने बताईन । सहकारी संस्थाले आफ्ना सदस्यलाई उद्योगी बनाउन तर्फ काम गर्न सुझाव दिईन ।

त्यस्तै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले सहकारीले आर्थिक, सामाजिक, साँस्कृतीत र पर्यावरणको क्षेत्रमा काम गर्नुपर्ने बताए । सहकारीहरु उद्योगमा जान नसकिरहेको अवस्थामा संस्थाले गरेको यो प्रयास सराहनिय रहेको बताए । फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्न स्थापना भएको यस संस्था नेपालको सहकारी इतिहासमा फरक रहेको उनको भनाई थियो । काठमाडौंको फोहोर व्यवस्थापन गर्न कठिन भईरहेको अवस्थामा सहकारी स्थापना भई गरेको सुरुवातले निकै राम्रो सन्देश प्रवाह गरेको उनको भनाई थियो ।

संस्थाले गरेको गतिविधिको आधारमानै अनुदान वितरण गरिएको र अनुदानको सहि सदुपयोग गरी राम्रा काम गरेको सहकारी विभागका पूर्व उपसचिव विष्णु घिमिरेले बताए । फोहोर व्यवस्थापना क्षेत्रमा काम गर्न ठूलो सम्भावना रहेको बताउँदै घिमिरेले सहकारीमार्फत यस कार्य सफल हुने बताए । फोहोरबाट समेत निकाल्न सकिने हुँदा सहकारीले यस तर्फ पनि जोड दिन आग्रह गरे ।

coop

त्यस्तै जिल्ला सहकारी संघ काठमाडौंका संचालक अमरावती बलामी (महर्जन)ले महिलाहरु दिदिबहिनीहरुले गरेको कामलाई अन्य सहकारीहरुले पनि सिक्नुपर्ने बताईन । संगठित महिला सहकारी संस्थाको उज्जल भविष्य रहेको बताउँदै महिलाहरुलाई उद्यमी बनाउन तर्फपनि केन्द्रीत रहन सुझाव दिए ।

संस्थाका कोषाध्यक्ष तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक रमिला श्रेष्ठ (शाक्य)ले शुभकामना मन्तव्य राख्दै फोहोरलाई मोहोर बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको बताईन । सहकारीले उद्योग संचालन गर्न कानुनहरु अवरोध रहेको र यस तर्फ बेलैमा ध्यान दिन सम्बन्धीत निकायको ध्यानर्कषण गराईन ।

malila-coop

अभिलेख

लोकप्रिय