२२ कात्तिक २०८३, आईतवार

मानवीय सहकारीमा पुन: बासुकला

२०७३ असोज १४, शुक्रबार
मानवीय सहकारीमा पुन: बासुकला

manabiya

काठमाडौं । बसन्तपुर, झोछें स्थित मानवीय बचत तथा ऋण सहकारी संस्था नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार सम्पन्न छैटौं साधारणसभाले पुन बनोज बासुकलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित संचालक समितिको सचिवमा विनोद बज्राचार्य, कोषाध्यक्षमा सदिशमान सिंह, सदस्यहरुमा तुलसी भक्त श्रेष्ठ, उषा कुमारी सिंह, राजेन्द्र शाक्य र प्रद्युमन मान कायष्थ रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा माणिक मान सिंह र सदस्यहरुमा बेखा नारायण महर्जन र राजेश रत्न शाक्य रहेका छन् ।
सभाले बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनका साथै विभिन्न निर्णयहरु गरेको छ । ६४ लाख ३६ हजार शेयर पूँजी रहेको यस संस्थाले ५ सय ४ सदस्य रहेको छ ।

प्रकाशित मिति : २०७३ असाेज १४ 

अभिलेख

लोकप्रिय