नवनिर्वाचीत समितिलाई सहकारी शिक्षा

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा संस्थाको सातौ वार्षिक साधारण सभाबाट निर्वाचीत सञ्चालक समिति, लेखा समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीहरुका लागि २ दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्रियात्मक गोष्ठि बिहिवारदेखि सुरुवात भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको नवनिर्वाचीत समिति उपसमितिमा ८० प्रतिशत भन्दा वढि नयाँ व्यक्तिहरु रहेकाले सिवाईसी के हो ? सिवाईसीको परिकल्पना ध्येय, लक्ष्य, उद्देश्य भावि रणनीति, संस्थाले प्रदान गर्दै आइरहेका सेवासुविधा, ऐक्सेस के हो ?, समिति उपसमितिको संस्थाप्रतीको दायीत्व तथा काम कर्तव्य र अधिकार लगाएतका विषयहरुमा साझा बुझाईको विकास गर्नका लागि यो तालिम तथा अन्तरक्रियाको आयोजना गरेको बताए । पौडेलले यो २ दिने तालिम पश्चात नेफ्स्कुनसंगको सहकार्यमा नवनिर्वाचीत समिति उपसमितिको क्षमता अभिवृद्धिका लागि झापाको कन्काई नदीको तीरमा ५ दिने अन्तराष्ट्रिय स्तरको सियुडिसीसी तालिम सञ्चालन गर्ने बताए ।
संस्थाका उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत प्रवन्धक नवराज शर्माको सञ्चालनमा सुरुवात भएको तालिम कार्यक्रमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा ढकालको गर्ने सिवाईसी साकोसले जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
