२२ कात्तिक २०८३, आईतवार

कालीका कृषि सहकारीकाे १८ औं साधारणसभा सम्पन्न

२०७३ असोज १३, बिहिबार
कालीका कृषि सहकारीकाे १८ औं साधारणसभा सम्पन्न

kalika-sahakari

नुवाकोट । कालीका कृषि सहकारी संस्था लि, कविलास ८ नुवाकोटको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सारदा भण्डारीको सभापतीत्वमा सम्पन्न सभाको प्रमुख अतिथि कृषि विकास बैंकको वोर्ड निर्देशक तथा नेपाली कांग्रेस महासमिति सदस्य रमेश कुमार महत, विशेष अतिथि काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) का संचालक रमिला श्रेष्ठ, विशेष अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सिता मिजार र कविलास गाविसका पूर्व अध्यक्ष माधव खनाल अतिथि रहेका थिए ।

kalika-sahakari-2
सभाले बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा समितिले प्रस्तुतगरेको लेखा परिक्षण प्रतिवेदन पास गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि महतले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताउँदै दुर दराजको क्षेत्रमा सहकारी स्थापना हुनुपर्नेमा जोड दिए । सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानुपर्ने उनको भनाई थियो । त्यस्तै सहकारीमा बचत नीथि, कर्जा तथा लगानी नीति बनाई अघि बढ्नुपर्ने बताए । त्यस्तै कास्कूनका संचालक रमिला श्रेष्ठले महिला सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम भएको बताईन । महिलाहरु सहकारीमा आवद्ध भई विस्तारै आर्थिक पक्षमा बलियो हुँदै गएको पनि बताईन । महिलाहरु सहकारीमा आवद्ध हुनु मात्र नभई नेतृत्व गर्न पनि सक्षम रहेको र हुनुपर्नेमा जोड दिईन ।

सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ । स‌ंस्थाले अाफ्नै भवनबाट काराेबार गरिरहेकाे छ ।

अभिलेख

लोकप्रिय