एउटै सहकारीले बुझायो ४ करोड १५ लाख राजश्व
काठमाडौं । ललितपुर पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७२/०७३ मा सरकारलाई ४ करोड १५ लाख ३१ हजार रुपैया मात्र राजश्व बुझाएको छ ।
सहकारीको १८ औं वार्षिक उत्सवको अवसरमा प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै लैजाने बताए । काठमाण्डौंको चाबहिल, ललितपुरको चापागाँउ र भक्तपुरको कौशलटार गरी तीन स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको यस संस्थाले आ.ब. २०७१/७२ मा ५ करोड ९६ लाख ४० हजार ३ सय २२ रुपैया मुनाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षमा ६ करोड ६६ लाख ६९ हजार २ सय १३ रुपैया खुद मुनाफा आर्जन गरेको छ । गत बर्षको तुलनामा यस वर्ष मुनाफामा ११ दशमलब ७८ प्रतिशतले बृद्धी भएको छ ।
त्यसैगरी, २०७१/०७२ को कूल कारोबार ३ अर्ब ७८ करोड ८१ लाख ९६ हजार ८१ रुपैया रहेकोमा चालु आ.व. मा २३ दशमलब ७९ प्रतिशतले बृद्धी गरी कुल कारोवार ४ अर्ब ६८ करोड ९६ लाख ३० हजार ९ सय ४२ रुपैया पुर्याएको छ ।
संस्थाको आ.व. २०७१/०७२ मा ३ अर्ब २३ करोड ७७ लाख ९७ हजार ४ सय ८७ रुपैंया निक्षेप रहेकोमा आ.व. २०७२/०७३ मा २१ दशमलब १८ प्रतिशतले बृद्धी भई ३ अर्ब ९२ करोड ३४ लाख २२ हजार ७ सय २७ रुपैंया पुगेको छ । कर्जा लगानी तर्फ आर्थिक वर्ष २०७१/०७२ मा २ अर्व २६ करोड ५१ लाख ३२ हजार २ सय ३९ रुपैंया रहेकोमा, चालु आ.व. मा ३१ दशमलब ७० प्रतिशतले वृद्धी भई २ अर्ब ९८ करोड ३१ लाख ५४ हजार २ सय ३५ रुपैया पुगेको छ ।
शेयर पूँजी तर्फ २०७१/०७२ को कुल शेयर पूँजी २८ करोड २३ लाख ४४ हजार ९ सय मात्र रहेकोेमा आ.व. २०७२/०७३ मा १३ दशमलब ४९ प्रतिशतले बृद्धी भई ३२ करोड ४ लाख ५३ हजार ९ सय रहेको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ आश्विन १५ गतेबाट आफ्नो कारोबार सुरु गरेको यस संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेको छ । साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रा.लि. मा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने ब्यबस्था गरेको छ । संस्थाले बहुउद्देश्यीय लगानी तर्फ स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा तर्फ काठमाण्डौं, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि., उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकमान भैरवकुण्ड हाईड्रोपावर, कृषी क्षेत्र तर्फ चितनव खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी लगायत अन्य विभिन्न संघ संस्था तथा कम्पनीहरुमा लगानी गरेको छ । कार्यकारी निर्देशक भण्डारीले शेयर सदस्यको सहयोगकोे कारण संस्था थप प्रगति हासिल गरेको बताएका छन् । सबैको साथ र सहयोगबाट संस्थाले प्रगति हासिल गर्न सफल भएको भन्दै भण्डारीले आगामी वर्षबाट नयाँ योजना सहित अघि बढ्ने बताएका छन् ।
– See more at: http://www.sahakarikhabar.com/?p=9598#sthash.GYr8zZPD.dpuf
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
