२२ कात्तिक २०८३, आईतवार

सिवाईसी साकोस र बाटाकाचौर सहकारी बीच एकीकरण

२०७३ असोज १२, बुधबार
सिवाईसी साकोस र बाटाकाचौर सहकारी बीच एकीकरण

cyc sahakari

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्था लि. बाटाकाचौर बागलुङबीच एकीकरण भएको छ ।

डिभिजन सहकारी कार्यालय बागलुङको मिति २०७३ आश्विन ११ को पत्रानुसार बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्था लि. को स्वीकृत विनीयम र प्रमाण–पत्र रद्ध गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बा.न.पा.–३ को स्वीकृत विनीयम र प्रमाण–पत्र लागु हुने र सो स्थानमा सेवाकेन्द्र स्थापना गर्ने स्वीकृत सहीत एकीकरण गरिएको सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

संस्थाले यस पुर्व जिल्लाका कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. तित्याङ, विहुँकोट महिला विकास बचत तथा ऋण सहकारी संस्था विहुँ, परिवर्तन बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ, कुश्मिसेरा बहुउद्देश्यीय सहकारी संस्था लि. कुश्मिसेरासंग एकीकरण गरी एकिकृत कारोवार सञ्चालन गर्दै आइरहेको छ । संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्येनजर गरी स्थानीय स्तरवाटै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न बागलुङ बजारका केन्द्रिय कार्यालय, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र मार्फत सेवा उपलव्ध गराउँदै आएको छ भने हालै स्वीकृत सदस्य सेवाकेन्द्र वाटाकाचौर सञ्चालनको प्रकृयामा रहिरहेको छ ।

अभिलेख

लोकप्रिय