२२ कात्तिक २०८३, आईतवार

एक्सेस ब्राण्ड पाउने सहकारीलाई बधाई !

२०७३ असोज १२, बुधबार
एक्सेस ब्राण्ड पाउने सहकारीलाई बधाई !

minraj-sir

काठमाडौं । एशियाली स्तरको गुणस्तर चिन्ह (एक्सेस ब्राण्ड) प्राप्त गर्ने बचत तथा ऋण सहकारीहरुलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले औपचारिक रुपमा बधाई दिएको छ ।

नेफ्स्कूनले बुधबार एक कार्यक्रमको बीच ब्राण्ड प्राप्त गर्ने तथा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे एशियाली ऋण महासंघ (अक्कु)को प्रथम उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । हालै दक्षिण कोरियामा सम्पन्न ३५औं अक्कुको साधारण सभाबाट १२ वटा सहकारीले ब्राण्ड प्राप्त गरेका थिए । कार्यक्रममा ब्राण्ड प्राप्तगर्ने सहकारीका अध्यक्ष र व्यवस्थापकको उपस्थिती रहेको थियो ।

ब्रोन्ज ब्राण्ड पाउने संस्थाहरुमा काभ्रेपलाञ्चोकको सामुदायिक साकोस, नवलपरासीको किसान साकोस, नवलपरासीकै साकाेस, भक्तपुरको सिद्धीगणेश साकोस, सुनसरीकाे बाराही साकोस, ईटहरीकाे महिला साकोस, ईटहरीकै किसान कल्याण साकोस र ललितपुरकाे स्कोप साकोस रहेका छन् । त्यस्तै सिल्भर व्राण्ड पाउने संस्थाहरुमा काभ्रेपलाञ्चोकको बिन्धबासिनी साकोस, काभ्रेपलाञ्चोककै बुडोल सामुदायिक साकोस, भक्तपुरको शुभकामना साकोस र दोलखाको जनसचेतन साकोस रहेका छन् ।

brand

बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता मार्फत एशियाली स्तरको गुणस्तर चिन्ह प्रदान गर्ने कार्यक्रम (एक्सेस व्राण्डीङ) एसियाली ऋण महासंघ (अक्कु)ले संचालन गरेको कार्यक्रम हो । २०६५ सालदेखि अक्कुले विकास गरेको अवधारणा अनुरुप नेपालका साकोसहरुलाई एशियाली स्तरको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रममा हाल ४३ वटा साकोसहरु आवद्ध भई गुणस्तर चिन्ह प्राप्तीको लागि प्रयासरत छन् । यसैक्रममा गत वर्ष १२ वटा साकोसको अन्तिम परिक्षण सम्पन्न भएकोमा परिक्षण गरिएका सम्पूर्ण साकोसहरुले सफलताको प्रमाण पत्र प्राप्त गर्न सफल भएका हुन् ।

प्लाटिनियम, गोल्ड, सिल्भर र व्रोन्ज गरी चार तहको ब्राण्ड निर्धारण गरिएकोमा नेपालका ४ वटा साकोसहरुले सिल्भर स्तरको ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । यो सफलता नेपालको समग्र साकोस अभियानको सफलताको रुपमा लिईएको नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिलेले बताए । ईण्डोनेशिया, फिलिपिन्स र नेपालका साकोसहरु सहभागी उक्त कार्यक्रममा यति ठुलो संख्यामा सफलता प्राप्त गर्ने नेपाल पहिलो राष्ट्र बनेको पनि घिमिरेको भनाई थियो । कार्यक्रममा राष्टिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडाल, वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, सहकारी मन्त्रालयका सचिव, सहसचिवहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २०७३ असाेज १२ गते

अभिलेख

लोकप्रिय