किसानलाई सहकारीमा आवद्ध गराउन सरकारको यस्तो कार्यक्रम, जसका लागि २६ करोड विनियोजन !

विश्वमा सहकारीका माध्यमले सामाजिक, आर्थिक रूपान्तरण भएका थुप्रै उदाहरण छन् । खासगरी व्यावसायिक खेती, दूध उत्पादन, प्रशोधन, सहकारी उद्योग, सहकारी बैंक एवम् वित्तीय परिचालनको योगदान अतुलनीय छ ।
छरिएर रहेको सबैखाले श्रम, साधन, स्रोत र सीपको एकीकरण गरी स्थानीय स्तरमा अधिकतम उपयोग गर्ने माध्यमको रूपमा सहकारीलाई लिइएको छ । श्रमलाई पुँजीमा रूपान्तरण गर्ने उत्कृष्ट माध्यम बनेको छ, सहकारी ।यतिमात्र नभई सहकारी सामाजिक, आर्थिक विकासको वैकल्पिक मोडल नभई उत्कृष्ट मोडलको समेत लिइएको छ ।
यि नै कुराहरुलाई मध्येनजर गर्दै रोमानिया सरकारले किसानहरुलाई सहकारीमा आवद्ध गराउने विभिन्न उपायहरु अपनाएका छन् । सरकारले किसानहरुलाई सहकारीमा आवद्ध गराउन उपयुक्त विकल्पको रुपमा चर्च लाई लिएको छ । सरकारले अर्थोडक्स चर्चसंग मिलेर सहकारी प्रवद्र्धनको काम सुरु गरेको छ ।
धेरै भन्दा धेरै किसान सहकारीमा आवद्ध गराउने र कृषि क्षेत्रलाई विकास गराउने उद्देश्यका साथ चर्च संग मिलेर काम गर्न लागेको हो । रोमानियका ग्रामिण भेगका मानिहरु चर्चमा अत्याधिक विश्वास राख्ने गर्दछ । चर्चका पादरीले किसानलाई सहकारीका बारेमा विभिन्न जानकारी गराउने छ । कार्यक्रमको लागि २६ करोड बजेट विनियोजन गरेको छ । यो रकम ५ वर्षको लागि विनियोजन गरेको हो । यो रकमबाट चर्चले प्रचार प्रसार गर्नेछ । रोमानियाको प्रधानमन्त्री डासियान किओलोसले सहकारी संस्थाहरु स्थापना गरेर किसानलाई बजारको अवसर प्रदान गर्ने बताएका छन् ।
यहाँको कुल जनसंख्यामा २५ प्रतिशत मानिस कृषि पेशामा आवद्ध रहेका छन् । जस मध्ये १ प्रतिशत किसान मात्र सहकारीमा आवद्ध छन् । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ४ दशपलप ५ प्रतिशत योगदान रहेको छ ।
सहकारी स्थापना भएका कृषकको लागि पूर्वाधार निमार्ण र किसानहरुले लक्ष्य अनुसार उत्पादन गर्न सक्ने विश्वास सरकारले लिएको छ ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति : २०७३ असोज १२
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
