२२ कात्तिक २०८३, आईतवार

सहकारीको काम पैसा किनबेच गर्ने मात्रै होईन : अमरावती महर्जन

२०७३ असोज ९, आईतवार
सहकारीको काम पैसा किनबेच गर्ने मात्रै होईन : अमरावती महर्जन

sajjan-mahila-sahakari

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका संचालक अमरावती बलामी (महर्जन)ले सहकारीहरु बचत तथा ऋण मात्रै केन्द्रीत नभई सदस्यहरुको आर्थिक समृद्धी, सामाजिक न्याय, महिला सशक्तिकणको क्षेत्रमा पनि काम गर्नुपर्ने बताएकी छिन् ।

सज्जन महिला बचत तथा ऋण सहकारीकारी संस्था लि, शान्तिनगर महांकालको सातौं साधारणसभालाई सम्बोधन गर्दै महर्जनले महिला सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई विभिन्न क्षेत्रमा क्रियाशिल रहेको बताईन  ।सहकारीहरुको महिलाको पहुँच बढेको भएपनि नेतृत्व तहमा महिलाको पहुँच निकै कम रहेको बताउँदै उनीले कम्तिमा ५० प्रतिशत महिलाको नेतृत्वतहमा महुँच हुनुपर्नेमा जोड दिईन ।

‘बचत नै अार्थिक समृद्धिकाे अाधार हाे’ महर्जनले भनिन्, ‘सहकारीकै कारण अाज महिलाहरुमा बचत गर्ने बानीकाे विकास भएकाे छ ।’

sajjan-mahila-sahakari-2

त्यस्तै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक रमिला श्रेष्ठ (शाक्य)ले महिलाहरु सशक्तिकरणको क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताईन । सहकारी अब उद्यमशिलतातर्फ अग्रसर हुनुपर्ने धारणा राखिन । सहकारीले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकास गर्नुपर्नेमा जोड दिईन ।

sajjan-mahila-sahakari-3

‘महिला उद्यमी बनेर देखाउ, आत्मनिर्भर भएर बाचौं’ भन्ने मूल नारा लिएर २०६६ सालमा दर्ता भएको यस संस्थाको ४ सय भन्दा बढी सदस्यको ४३ लाख ६० हजार शेयर पूँजी रहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९ लाख ६१ हजार निक्षेप संकलन गरी ३ करोड १ लाख ३३ हजार लगानी गर्न ससफल भएको संस्थाका अध्यक्ष सिमा पुरीले बताईन ।

संस्थाले वर्षभरी कति कमायो, कति गुमायो ? भन्दा पनि सदस्यलाई के कती सेवा सुविधा दियो भन्ने कुरा महत्वपूर्ण रहेको अध्यक्ष पुरीले बताईन । नीति तथा कार्यक्रम, संचालक टिम, कर्मचारी परिपर्तन समयअनुसार परिवर्तन भएपनि सन्जन महिला सहकारी कहिल्यै परिवर्तन नुहने अध्यक्ष पुरीले बताईन ।

साधारणसभाले विभिन्न प्रतिवेदन समेत पास गरेको छ । संस्थामा ७ वर्ष देखि ७० वर्ष सम्ममको सदस्य रहेका छन् । संस्थाले साधारणसभाको अवसरमा एसएलसी सम्मान, जेष्ठ नागरिक सम्मान लगायत विविध सम्मान समेत गरेको थियो । कार्यक्रममा चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछाने ,ओजस्वी नेपाल की अध्यक्ष मन्जु सापकोटा, आय वकिास साकोसका अध्यक्ष सुर्य बहादुर अधिकारी, नागरिक वडा मंच कि सह संयोजक जानुका भन्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

sajjan-mahila-sahakari-4

अभिलेख

लोकप्रिय