२२ कात्तिक २०८३, आईतवार

गैडाकोट साकोसको अध्यक्षमा धनबहादुर पौडेल

२०७३ असोज ९, आईतवार
गैडाकोट साकोसको अध्यक्षमा धनबहादुर पौडेल

gaidakot

नवलपरासी । गैडाकोट बचत तथा ऋण सहकारी संस्था लि.गैडाकोट २ नवलपरासीको २३ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

आगामी ३ वर्षे कार्यकालको लागि धनबहादुर पौडेलको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र तारानाथ लामिछानेको संयोजकत्वमा तिन सदस्य लेखा तथा सुपरिबेक्षण समिति चयन गरेको हो । नव निर्वाचित संचालक समितिको उपाध्यक्षमा देवराज पौडेल, सचिवमा कुलप्रसाद पाण्डे, कोषाध्यक्षमा भविश्वर भट्टराई, सहसचिवमा शान्ति सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रजापती सापकोटा, श्रीराम भट्टराई, गोबर्धन ज्ञावाली, गिता दाहाल, सिता न्यौपाने, खिमा कुमारी बस्याल र रोसन सापकोटा रहेका छन् भने लेखा तथा सुपरिबेक्षण समितिको सदस्यहरुमा धु्रवराम पौडेल र देवी पोख्रेल चयन भएका छन् ।

संस्थाका अध्यक्ष पे्रमबहादुर गुरुङको अध्यक्षता र डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बुद्ध प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा कोषाध्यक्ष हुमकान्त आचार्यले ३३ करोड ३२ लाखको वासलात र एक करोड एक लाख बत्तिस हजार मुनाफा भएको आर्थिक प्रतिबेदन र आ.ब २०७३/७४ को लागि ४५ करोडको वासलात र एक करोड ३४ लाख को अनुमानित आय ब्यय विवरण पेश गरेका थिए । त्यस्तै सचिव देवराज पौडेलले आ.ब.२०७२/७३ को प्रगती प्रतिबेदन र आ.ब. २०७३/७४ प्रस्तवित निति तथा कार्यक्रम पेश गरेका थिए ।

त्यस्तै लेखा तथा सुपरिबेक्षण समितिका संयोजक गोबिन्द सुबेदी बाट आ.ब २०७२/७३ को लेखा तथा सुपरिबेक्षण प्रतिबेदन पेश भएकोमा सबै प्रतिबेदनहरु छलफल सहित पास गरिएको थियो ।

अभिलेख

लोकप्रिय