१ फागुन २०८१, बिहिबार

विद्यार्थीलाई सहकारीका विभिन्न उत्पादन वितरण

२०७३ असोज ५, बुधबार
विद्यार्थीलाई सहकारीका विभिन्न उत्पादन वितरण

coop-12

बुल्गरीया । केन्द्रीय सहकारी संघ, बुल्गरीयाको आयोजनामा सोफिया मा अवस्थित सुपरमार्केट सहकारी संस्थामा गत आईतबार विद्यार्थी तथा अभिभावकहरुको लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यार्थीको लागि रमाईलो खेलकुद तथा विभिन्न आश्चर्यजनक कार्यक्रमहरुको आयोजना गरीएको थियो । कार्यक्रममा बुल्गरियन र युरोपियन ब्राण्डले उत्पादन गरेका विभिन्न सामग्रीहरु परिक्षण गर्न अभिभावक र कार्यक्रममा सहभागीहरुलाई निशुल्क वितरण गरिएको थियो ।

coop123

सहभागीहरुलाई चिठ्ठा मार्फत कोप माक्र्यू ब्राण्डका आर्कषक उपहारहरु सिसियू नेटर्वकको सहकार्यमा वितरण गरिएको थियो । विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै नयाँ शैक्षिक सत्रको शुभकामना आदन प्रदान गरिएको थियो । बुल्गरीया देशमा सेप्टेम्बर १५ देखि नयाँ शैक्षिक सत्र सुचारु हुन्छ ।

अभिलेख

लोकप्रिय