२२ कात्तिक २०८३, आईतवार

सहकारीका महिला तीजको फजुल खर्च घटाउँदै, बचत बढाउँदै

२०७३ भदौ १९, आईतवार
सहकारीका महिला तीजको फजुल खर्च घटाउँदै, बचत बढाउँदै

Bachat
सुदीप अधिकारी

बर्दिया । हिजोआज तीज भड्किलो बन्दै गएको बेला बर्दियाका महिला भने तीजको फजुल खर्च कटाएर बचत गर्न कस्सीएका छन् । जिल्लाको ग्रामीण भेगका महिला स्थानीय सहकारी संस्थामा तीज बचत खाता खोलेर बचत बढाउने कार्यमा सहभागी भएका हुन् । बबई नगरपालिका– ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरुले विगत चार वर्षयता तीजको नाममा हुने फजुल खर्च कटाएर संस्था तीज पर्बको नाममा बचत गर्दै आएका छन् ।

‘चाडपर्वमा जती खर्च गरेपनि पुग्दैन । पर्वको नाममा हुने फजुल खर्च कटाएर थोरै भएपनि अहिले बचत गरे पछि फाइदा होला भनेर बचत गरेकी हुँ,’ सहकारी संस्थामा तीज बचत खातामा रकम जम्मा गरेर फर्केकी संस्थाकी सदस्य सरस्वती शर्माले भनिन् । महिलाहरुले न्युनतम ५ सय रुपैयादेखि माथी आफनो क्षमताअनुसार तीज बचत खातामा रकम जम्मा गर्ने गरेका छन् । तीज पर्वको अवसरमा सरकारी संस्थाले आयोजना गर्ने तीज शुभकामना आदानप्रदान कार्यक्रममा दिन महिलाहरुले तीज बचत खाता खोलेर पैसा जम्मा गर्ने गरेका छन् ।

यसैसाता संस्थाले भुरिगाउँ बजारमा आयोजना गरेको तीज शुभकामना आदानप्रदान कार्यक्रममा १८ लाख रुपैँया तीज बचत खाता जम्मा भएको व्यवस्थापक हरिहर पौडेलले बताए । संस्थामा करिव ४ सय महिलाले तीज बचत खाता संचालन गरेका छन् । सोही दिन सय जना सदस्य थप भएको व्वस्थापक पौडेलले बताए । संस्थामा कुल १ हजार ९ सय ३७ शेयर सदस्य छन् । जसमा एक हजार बढी सदस्य महिला छन् ।

सहकारी संस्थाले महिलाहरुलाई बचत कार्यमा उत्प्ररीत गर्न तीज विशेष बचत खाता संचालनमा ल्याएको जनाएको छ । सहकारीले तीज बचत खाता संचालन गरेपछि आफुहरुलाई निकै फाइदा भएको महिलाहरुको भनाई छ । सदस्य उमा पौडेलले भनिन्, ‘जती पैसा भएपनि खर्च हुन्थ्यो । सहकारीले महिलाका लागि तीज खाता संचालनमा ल्याएपछि निकै सजिलो भएको छ । फजुल खर्च नहोस् भनेर पहिले नै बचत गरेकी हुँ । ’ बचतबाट आएको ब्याजले अर्को बर्षको तीजमा चुरा, टिका किन्ने योजना रहेको उनले सुनाइन् । तीज पर्वको बाहनामा बचत गर्न पाउँदा यहाँका महिला निकै खुशी भएका छन् ।

महिलाहरुलाई बचतमा आर्कषण गर्न सहकारी संस्थाले अन्य खाताको तुलनामा तीज बचत खातामा सबै भन्दा बढी बार्षीक दश प्रतिशत ब्याज दिने गरेको छ । चाडपर्वका नाममा फजुल खर्च छाडेर बढी भन्दा बढी महिला बचत कार्यमा सहभागी हुन् भनी यो खातामा बढी ब्याज प्रदान गरिएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए । मासिक १० रुपैया बचत गर्दै ४२ जना सदस्यले २०५० सालमा स्थापना स्थापना गरेका थिए । संस्थामा हाल २ हजार शेयर सदस्य छन् । भने संस्थाको शेयर पुजी ६० लाख रहको छ । संस्थाले असार मसान्तसम्म ६ करोड रुपैँयाको कारोबार गरेको संस्थाका सहायक व्यवस्थापक नारायण बैद्यले जनाए ।

अभिलेख

लोकप्रिय