२२ कात्तिक २०८३, आईतवार

क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार जि.सी.लाई

२०७३ भदौ १५, बुधबार
क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार जि.सी.लाई

ram gc

पोखरा । पोखराको रोयल सहकारी संस्थाले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२ बाट बागलुङका पत्रकार रामबहादुर जि.सी. पुरस्कृत भएका छन् ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदान कदर गर्दै जिसीलाई रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाको साउन २७ गते सम्पन्न सञ्चालक समितिको वैठकले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार जिसीलाई प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक भीमबहादुर गुरुङले जानकारी दिए ।

भदौ २५ गते शनिवार आयोेजित पोखरा रोयल सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा नगद ५ हजार ५ सय ५५ रुपैयासहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने उनले बताए । २ दशक देखि बागलुङमा रहेर पत्रकारिता र सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय जिसी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निवर्तमान अध्यक्ष र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समेत निवर्तमान अध्यक्ष हुन् । आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक समेत रहेका छन् ।

अभिलेख

लोकप्रिय