२२ कात्तिक २०८३, आईतवार

तपाईहरु एक फड्कोअघि बढनुस् म दुई फड्को: सहकारी मन्त्री

२०७३ भदौ १३, सोमबार
तपाईहरु एक फड्कोअघि बढनुस् म दुई फड्को: सहकारी मन्त्री

thaniकाठमाडाैं । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि कर्मचारीले एक फड्को अघि बढेमा आफू दुई फड्को अघि बढ्न प्रयास गर्ने अठोट व्यक्त गरेका छन् ।

मुलुक बनाउने भावना लिएर सामूहिकरुपमा जिम्मेवार, इमान्दार र लगनशील भएर काम गर्न आवश्यक रहेकाे समेत उनकाे भनाई थियाे । ‘तपाईहरुबाट सहयोग भएमा म १८ घन्टासम्म काम गर्न तयार छु,’ एक कार्यक्रममा बाेल्दै मन्त्री थानीले भने, ‘गरिबीसँग जोडिएका योजना र कार्यक्रमलाई मन्त्रालय मातहतमा ल्याउन सक्दो प्रयास गर्नेछु ।’

नीति बनाउने तर कार्यान्वयमा ध्यान नदिने हाम्रो चरित्रलाई बदल्न आवश्यक रहेको उनकाे भनाई थियाे । सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीले मुलुकमा सहकारीको विकास र विस्तारसँगै विसङ्गतिसमेत भित्रिएकाले त्यसलाई हटाउन अनुगमन समयन्त्रलाई थप सुदृढ तुल्याइने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७३ भदाै १३

अभिलेख

लोकप्रिय