२२ कात्तिक २०८३, आईतवार

सहकारीमा अनियमितता गर्ने उपर हदैसम्मको कारबाही: सांसद अधिकारी

२०७३ भदौ १२, आईतवार
सहकारीमा अनियमितता गर्ने उपर हदैसम्मको कारबाही: सांसद अधिकारी

adhikari

पोखरा । सांसद एवंम् संसदीय विकास कोषका सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा काम गर्दै आएको बताएका छन् ।

शुभम् बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै अधिकारीले पहिलो सार्वजनीक र दोश्रो निजी क्षेत्रले देशको अर्थतन्त्र धान्न नसकेको अवस्थामा तेश्रो खम्वाको रुपमा सहकारीले काम गर्दै आएको बताएका हुन् ।

सहकारीलाई अघि सारेर धन्दा चलाउने उद्धेश्यले केहि ठुला वडाहरु लागि परेको आरोप लगाउदै सभापति अधिकारीले न्युन तथा मध्यम बर्गको हितको लागि सहकारीले काम गर्नू पर्ने बताए । उनले भने “सहकारीमा अनियमितता गरेर सहकारीको बचत दुरुपयोग गर्ने जो कोहिलाई अब छाडिदैन, उनीहरुहरुलाई हर्दैसम्मको कारवाही हुन्छ ।”उक्त अवसरमा उत्कृष्ट बचतकर्ताबाट सुवास कुमार तिवारी, उत्कृष्ट ऋणिमा दुर्गादक्त भण्डारी र जेष्ठ सदस्यबाट शारदा शशिधर सम्मानित भएका छन ।

शुभम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय बाणिज्य महासंघका उपाध्यक्ष तिर्थलाल श्रेष्ठ, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रविण पौडेल, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रजापति बाँंस्तोला, कानुनि सल्लाहाकार पदमपाणि देवकोटा, उपाध्यक्ष आशिष सिंह, सचिव सुर्य प्रसाद पौडेल, शिक्षा उपसमिति संयोजक सुवास कुमार तिवारी लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।

सहकारीले आफ्नो चौथो बार्षिक साधारण सभाको अवसरमा सहकारीका महिला सदस्यहरु सहित सबै शेयर सदस्यहरुलाई दर खुवाईएको थियो ।

अभिलेख

लोकप्रिय