सहकारी ऐन मान्य नहुने चेतावनी

बागलुङ । राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले सरकारले जवरजस्ती ल्याउन खोजेको ऐन सहकारीमैत्री नभएकाले अभियानले उक्त ऐनलाई अपनत्व ग्रहण गर्न नसक्ने बताएका छन् ।
राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले शनिवार बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कंडेलले यस्तो बताएका हुन् । सहकारी ऐन सहकारी क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक रहेको तर सरकारले नियन्त्रण गर्ने तरिकाले सहकारी ऐन संसदमा पठाएको दावी गर्दै उनले अभियानको तर्फबाट ६४ वटा संशोधन संसदमा दर्ता गर्ने तयारी भएको जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सहकारी विभाग प्रमुखहरु, राष्ट्रिय सहकारी संघका अध्यक्ष र उपाध्यक्षका तर्फबाट विधेयकमाथि संशोधन राखेर सहकारी मैत्री ऐन निर्माणमा भूमिका खेल्ने तयारी भएको उनले बताए । सहकारी अभियानलाई वेवास्ता गरेर, सहकारीको प्रतिकुल ल्याइने ऐन मान्य नहुने चेतावनी समेत दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारी ऐनलाई सहकारी क्षेत्रको अनुकुलमा हुन नदिन विभिन्न षडयन्त्रहरु भैरहेकोले त्यसलाई चिरेर अगाडि बढ्नका लागि सबै सहकारीकर्मीहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई शसक्त बनाउनका लागि बैंकको भूमिका क्रमश वृद्धि हुदै गएको जानकारी गराए । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका निवर्तमान संयोजक कृष्णशंकर श्रेष्ठले सबै सहकारीहरुले सहकारी वैंक मार्फत कारोबार गर्न सकेमा मात्रै सहकारीको मर्म र भावना प्रतिविम्बित हुने धारणा राखे ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जिल्लाको सहकारीको अवस्था र राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख सुरेश खनालले शाखाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
