२२ कात्तिक २०८३, आईतवार

सहकारीको लगानी डेढ अर्ब

२०७३ भदौ १०, शुक्रबार
सहकारीको लगानी डेढ अर्ब

investment

पाँचथर । आर्थिक उन्नतिका लागि सहकारीमा सङ्गठित हुनेको सङ्ख्या बढेसँगै सहकारीको लगानीमा पनि वृद्धि भएको छ ।

मेची अञ्चलका पाँचथर, इलाम र ताप्लेजुङमा सहकारी संस्थाले एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका डिभिजन सहकारी कार्यालयका लीला विष्टले जानकारी दिए । यस क्षेत्रका धेरैजसो सहकारीले धितो लिएर ऋण लगानी गर्ने गरेका छन् ।

“सहकारीको लगानी धेरै देखिए पनि जोखिममा पर्ने डर रहन्न,” उनले भने । पाँच सय २८ सहकारी संस्था रहेको इलाममा  एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी छ । पाँचथरका २३८ सहकारीले ३४ करोड १० लाख २३ हजार तथा ताप्लेजुङका १६१ सहकारीले १६ करोड २२ लाख ६९ हजार लगानी गरेका छन् ।

तीन जिल्लाका ९२७ विषयगत र प्रारम्भिक सहकारीले एक अर्ब एक करोड ३५ लाख ७२ हजार रकम बचत गरेका छन् । इलामका सहकारीले ६९ करोड ४७ लाख १६ हजार, पाँचथरका सहकारीले २१ करोड ५० लाख ८१ हजार र ताप्लेजुङका सहकारीले १० करोड ३७ लाख ७५ हजार रकम बचत गरेका डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

ती सहकारी संस्थामा रु ३७ करोड २० लाख २६ हजार सेयर पुँजी सङ्कलन छ । इलामका सहकारीमा २२ करोड ६८ लाख ६८ लाख ६६ हजार, पाँचथरका सहकारीमा नौ करोड ८७ लाख ६५ हजार र ताप्लेजुङका सहकारीमा रु चार करोड ६३ लाख ९४ हजार सेयर पुँजी रहेको बताइएको छ ।

प्रकाशित मिति: ३०७३ भदाै १० गते

अभिलेख

लोकप्रिय