धादिङमा मात्रै एक लाख २१ हजार मानिस सहकारी आवद्ध

धादिङ । सहकारी प्रति अाम नागरिककाे अाकर्षण दिन प्रतिदिन बढ्दै गएकाे छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने काम सहकारीले गर्दै अाएकाे छ । सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी बनेसँगै सहकारीमा अाम नागरिककाे अाकर्षण बढेकाे हाे ।
धादिङ जिल्लाका मात्रै १ लाख २१ हजार एक सय ३८ जना सहकारीमा आबद्ध छन् । जसमध्ये ७१ हजार ४ सय ६९ जना महिला छन् । ८८ वटा महिला सहकारीमा महिलाले मात्रै नेतृत्व गरेका छन् । ६ सय ५३ जना कर्मचारीमध्ये ३ सय ४७ जना महिला कर्मचारी छन् ।
धादिङमा कार्य प्रकृतिअनुसार जिल्लामा दुग्ध उत्पादक १७, कृषि २ सय २७, बहुउद्देश्यीय ३८, बचत तथा ऋण ८९, तरकारी तथा फलफूल १९, विद्युत् ६, सञ्चार ५ र जडीबुटीका ५ विषयगत सहकारी छन् । त्यस्तै सामाजिक उद्यम ४, उपभोक्ता १, चिया तथा कफी १, यातायात १, स्वास्थ्य ३, शिक्षा १, च्याउ १, धातु १ गरी ४ १९ प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको डिभिजन सहकारी कार्यालय घादिङले जनाएको छ ।
सबै प्रकृतिका सहकारीहरूले बचत तथा ऋणको कारोबार नगर्ने भएकाले पुँजी परिचालन भने कमै छ । त्यहाँका सहकारीहरुको ५८ करोड ४७ लाख ८३ हजार सेयर पुँजी, ५८ करोड ४७ लाख ८३ हजार विभिन्न कोष, २ अर्ब ९ करोड ५६ लाख ३४ हजार निक्षेप संकलन र १ अर्ब ४२ करोड ७ लाख ५० हजार परिचालन गरी १३ करोड ९४ लाख ६७ हजार खुद नाफा गरेको डिभिजन सहकारी कार्यालयको तथ्यांक छ ।
प्रकाशित मिति: २०७३ भदाै १० गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
