सहकारीको लगानी डेढ अर्ब

पाँचथर । आर्थिक उन्नतिका लागि सहकारीमा सङ्गठित हुनेको सङ्ख्या बढेसँगै सहकारीको लगानीमा पनि वृद्धि भएको छ ।
मेची अञ्चलका पाँचथर, इलाम र ताप्लेजुङमा सहकारी संस्थाले एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका डिभिजन सहकारी कार्यालयका लीला विष्टले जानकारी दिए । यस क्षेत्रका धेरैजसो सहकारीले धितो लिएर ऋण लगानी गर्ने गरेका छन् ।
“सहकारीको लगानी धेरै देखिए पनि जोखिममा पर्ने डर रहन्न,” उनले भने । पाँच सय २८ सहकारी संस्था रहेको इलाममा एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी छ । पाँचथरका २३८ सहकारीले ३४ करोड १० लाख २३ हजार तथा ताप्लेजुङका १६१ सहकारीले १६ करोड २२ लाख ६९ हजार लगानी गरेका छन् ।
ती सहकारी संस्थामा रु ३७ करोड २० लाख २६ हजार सेयर पुँजी सङ्कलन छ । इलामका सहकारीमा २२ करोड ६८ लाख ६८ लाख ६६ हजार, पाँचथरका सहकारीमा नौ करोड ८७ लाख ६५ हजार र ताप्लेजुङका सहकारीमा रु चार करोड ६३ लाख ९४ हजार सेयर पुँजी रहेको बताइएको छ ।
प्रकाशित मिति: ३०७३ भदाै १० गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
