२२ कात्तिक २०८३, आईतवार

सहकारीलाई व्यवस्थीत गर्ने भन्दा पनि संकुचीत गर्ने गरी ल्याउन लागिएको एेन प्रति अापत्ती

२०७३ भदौ ८, बुधबार
सहकारीलाई व्यवस्थीत गर्ने भन्दा पनि संकुचीत गर्ने गरी ल्याउन लागिएको एेन प्रति अापत्ती

cyc

बागलुङ । राष्ट्रिय सहकारी संघका सञ्चालक सदस्य एवं नेशनल को–अपरेर्टस अलायन्स नेपालका महासचिव चन्द्र ढकालले प्रस्तावित सहकारी ऐन सहकारीलाई व्यवस्थीत गर्ने भन्दा पनि संकुचीत गर्नेगरी ल्याउन लागिएको भन्दै आपत्ती जनाए ।

जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गत नगर क्षेत्र स्तरीय प्रतिनीधिमुलक सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै ढकालले प्रस्तावित ऐन लागु भएमा नेपालको सहकारी अभियान ले मुर्त रुप लिन नसक्ने बताए । ऐनमा कार्यक्षेत्रलाई सीमित गर्ने, सदस्यताको हकमा बन्देज लगाउने, संस्थागत सदस्यता लिन नपाउने, कम्पनीमा लगानी गर्न नपाउने लगाएतका व्यवस्था गलत भएको भन्दै सरकारले सहकारीलाई व्यवस्थीत गर्ने भन्दा पनी समाप्त गर्ने खालको ऐन ल्याउन लागेकाले देशभरका सहकारीकर्मीहरु एकतावद्ध भई प्रस्तावित सहकारी ऐनको प्रतिवाद गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ललीतपुरका अध्यक्ष रामशरण घिमिरेले देश तथा नागरीकहरु आर्थिक हिसावले समृद्ध हुनका लागि सहकारी उत्कृष्ट मोडल भएको बताउदै प्रतिवद्ध सदस्य, प्रतिवद्ध सञ्चालक, प्रतिवद्ध लेखा समिति, प्रतिवद्ध लेखापरीक्षक र प्रतिवद्ध व्यवस्थापन भएमा मात्र असल सहकारी संस्था निर्माण हुने कुरामा जोड दिए ।

कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार एवं सहकारीकर्मी देववहादुर श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ललीतपुरका सञ्चालक सदस्य जगत महर्जन, जिल्ला सहकारी संघ लि. बागलुङका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, पत्रकार महासंघ जिल्ला शाखा वागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, जिल्ला सहकारी संघ लि. वागलुङका सञ्चालक सदस्य धुर्वप्रसाद शर्मा, सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, संस्थाका पूर्व उपाध्यक्ष पार्वती आचार्य, महिला शेयर सदस्यहरुको तर्फवाट सकुन्तला शर्मा, पुरुष शेयर सदस्यहरुको तर्फवाट रुद्रवहादुर महत लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाले मिति २०७३ भाद्र ११ गते सम्पन्न हुन गईरहेको संस्थाको सातौ केन्द्रिय वार्षिक साधारण सभाका लागि नगर क्षेत्रका शेयर सदस्य संख्याको १० प्रतिशत अर्थात ९३ जना प्रतिनीधि सर्वसम्मतीवाट चयन गरेको छ ।

“हुने खानेको पैसा, हुदा खानेमा पु¥याउने” महान लक्ष्यका साथ २०६६ असोज २२ गतेका दिन स्थापना भएको संस्थाले बागलुङ बजारमा केन्द्रिय कार्यालय, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र मार्फत स्थानीय स्तरमै वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ । संस्थामा हाल ३२ सय जना शेयर सदस्य, १३ करोड शेयर पुँजी, ३० करोड १९ लाख बचत, ४४ करोड ७८ लाख लगानीमा वाँकी ऋण, ४ करोड ५३ लाख जम्मा कोष, ५१ करोड ९३ लाख सम्पत्ती र ४ अर्व २७ करोड बरावरको कारोवार रहेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२÷०७३ को प्रगती र आ.व. ०७३÷०७४ को प्रस्तावीत नीति तथा कार्यक्रम सह–सचिव गितादेवी रेग्मी र आ.व. ०७२÷०७३ को आय व्यय तथा आ.व. ०७३÷०७४ को प्रस्तावित आय व्यय तथा कार्ययोजना कोषाध्यक्ष संगिता शर्मा पौडेल र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक पदमपाणि शर्माले प्रस्तुत गरेका थिए ।

६३५ जनाको उपस्थिीती रहेको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष हरिकृष्ण सुवेदी र सञ्चालन शिक्षा उपसमिति सदस्य विरवहादुर किसानले गरेका थिए ।

प्रकाशित मिति: २०७३ भदाै ८ गते

अभिलेख

लोकप्रिय