२२ कात्तिक २०८३, आईतवार

युवालाई उद्यमी बनाउन विकूको वृहत युवा सम्मेलन

२०७३ भदौ ८, बुधबार
युवालाई उद्यमी बनाउन विकूको वृहत युवा सम्मेलन

youth

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले युवा सम्मेलनमार्फत देशमा नै युवाहरुलाई उद्यमशिल वनाउन सकिने सन्देश दिएको छ ।

आफ्नो २६ औं वार्षिकोत्सबका अवसरमा विकूले आईतवार गैँडाकोटमा आयोजना गरेको युवा सम्मेलनले युवाहरुलाई स्वेदेशमा नै उद्यमशिल वन्ने प्रेरणा दिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पनि प्रशस्त सम्भावना रहेको भन्दै युवालाई स्वदेशमा नै रहेर नेपाल परिवर्तनमा लाग्न आग्रह गरे । उनले अबका युवाहरुले नयाँ प्रविधिको प्रयोगबाट धेरै सफलताका साथ उद्यमशीलता विकास गर्न सक्ने भन्दै त्यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।

विकू साकोसका संस्थापक अध्यक्ष तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाले विकूको २५ वर्षको यात्राले सामाजिक, आर्थिक सबलीकरणमा विशेष योगदान पु¥याएको बताए । सम्मेलनमा २० देखी ४० वर्ष उमेर समूहका करिब ३ सय युवाको सहभागिता रहेको थियोे । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल सापकोटाले युवाहरुलाई स्वदेशमै केही गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि युवा सम्मेलन गरिएको बताए । युवा सम्मेलन रजत वर्षको समापनको अवसरमा आयोजना गरिएको हो ।

आईतवार नै विकूले वर्षदिनदेखि सञ्चालन गरिरहेको रजत वर्षका कार्यक्रम समापन गरेको छ । वि.स. २०४८ साल भाद्र ५ गते दैनिक ५० पैसा संकलन गरी २६ जनाबाट सुरु भएको विकूमा हाल २६ हजार शेयर सदस्य र २ अर्ब बराबरको कुल पुँजि रहेको छ ।

अभिलेख

लोकप्रिय