२२ कात्तिक २०८३, आईतवार

रामकोट साकोसमा नयाँ सञ्चालक समिति, के छन् भावी कार्ययोजना ?

२०७३ भदौ ६, सोमबार
रामकोट साकोसमा नयाँ सञ्चालक समिति, के छन् भावी कार्ययोजना ?

सदस्य सेवा तथा सामाजिक कार्य :-
१. सदस्यहरुको हितलाई ध्यान दिँदै सदस्यको सन्तान प्राप्ती भएमा मातृशिशु स्याहार कार्यक्रम अन्तर्गत प्रती व्यक्ति रु. ५०० प्रदान गर्दै अाएकाे ।
२. सदस्यहरुको असामहिक स्वार्गारोहण भएमा हामी सबै सहकारीको सदस्यहरुको तर्फबाट श्रदाञ्जली स्वरुप रु २००० प्रदान गर्दै आएकाे ।
५. सदस्यहरुलाई रु. ५०,००० को आकस्मिक कोष ब्यवस्था गर्ने निर्णय । जुन ठुला खालका अप्रेशन, दुर्घटनामा १ महिनाका लागि कुनै पनि रकम ब्याज र सेवा शुल्क नलिने ।
६. सहकारीहरु बीच आपसी समन्वय तथा सहकारीको सदस्यहरुलाई सेवा प्रदान गर्ने मुल उदेश्यले यस रामकोट बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई ग्रामिण यातायात सहकारी सँग धादिङ काठमाण्डौ र धादिङ गाडि भाडामा १७ प्रतीशत छुटको व्यवस्था मिलाइएको ।
भावी कार्ययोजना
– चालु आर्थिक वर्षबाट लघुवित्त कार्यक्रम सञ्चालन गर्ने ।
– सदस्यहरुबाट उत्पादित कृषि उत्पादनको विक्रि प्रबन्ध सहित संकलन केन्द्र स्थापना गर्ने
– विप्रेशण सेवा सुरु गर्ने
– २ वर्ष भित्र आफ्नै भवन निमार्ण गर्ने
– सामाजिक सेवा कोषको व्यवस्था गर्ने
– सदस्य हित बचतलाई अनिवार्य लागू गर्ने

ramkot

धादिङ । नीलकण्ठ नगरपालिका-८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था(रामकाेट साकाेस) को अध्यक्षमा पुनः हेमराज श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न छैठौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट पुनः श्रेष्ठ सर्वसवत रुपमा निर्वाचित भएका हुन् । श्रेष्ठको यो तेस्रो कार्यकाल हो । त्यस्तै उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सह-सचिवमा चकनारायण श्रेष्ठ निर्वाचित भए ।

नव निर्वाचित सदस्यहरुमा तेजकुमारी लम्साल, रुपा श्रेष्ठ, राजन कुमाल र राजकुमार श्रेष्ठ रहेका छन् भने रेशम श्रेष्ठ संयोजक रहेको लेखा समितिमा बिष्णु कुमार श्रेष्ठ र बलराम श्रेष्ठ रहेका छन् । साधारणसभामा उत्कृष्ट बचतकर्ता र ऋणलाई समेत सम्मान गरिएको थियो । त्यस्तै बाल सदस्यहरुलाई स्टेशनरीका सामाग्रीहरु पनि वितरण गरिएको थियो ।

सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।

सहकारीले वित्तिय व्यवसाय अलावा सामाजिक व्यवसायका अन्य स्वरुपहरुमा अघि बढने तयारी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले जिल्लामै पहिलो पटक एसएमएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

Ramkot1

अभिलेख

लोकप्रिय